चार मुक्तक : कृष्ण बहादुर बजगाई

चार मुक्तक : कृष्ण बहादुर बजगाई

कपन अनलाइन

काठमाण्डौ,जेष्ठ २ ।

छुरा जस्तो वचन पनि त सहनु पर्छ
पीडा लुकाएर राख्नु हुन्न कहनु पर्छ
जस्तो सुकै परिस्थितिमा आए पनि,
सजिलै हार मान्नु हुन्न दृढ रहनु पर्छ ।

तिम्रो मन्द मुस्कानले सबै पीडा भगाउँछ
तिमी सँगै हुँदा भोक, तिर्खा पनि हराउँछ
प्रेममा डुब्दाको गहिरो अनुभूति हो कि ?,
उसैलाई सम्झिँदा मात्र पनि मनै रमाउँछ ।

सुखमा हुँदा इष्टमित्र, नातागोता रमाउँछन्
दुःख पर्दा साथ छोडी आफ्नैले सताउँछन्
पापी संसारको चलन यस्तै चलेको छ यहाँ,
मृत्युमा समवेदना दिन टाढा बाट आउँछन् ।

आफ्नै मातृभूमि प्यारो लाग्नु हाम्रो शान हो
अनेकतामा एकता गोर्खालीको पहिचान हो
वीरहरूले गौरव पूर्ण गाथा कोरेको मेरो देश,
राष्ट्रियताको लागि एकता हुनु स्वाभिमान हो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।