चार मुक्तक : रबिन्द्र आशिष शैली
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २ ।
सम्बन्ध बनेपछी बोली फेरिन्छ
मान्छे आजको भोलि फेरिन्छ
जे देखिन्छ त्यो नहुन सक्छ हेर,
हानेपछी पिस्तोल गोली फेरिन्छ ।
भएर घाम सरी टुप्लुक्क देखा पर्यो
मुटू थियो चिसो अनायासै न्यानो सर्यो
रहेछ अनौठो यो मायाको फैलावट पनि,
खाली थियो पेट भेटेपछी उसै भर्यो ।
कतिलाई थाहा छ तर छैन कतिलाई
जलेको छ पुतली थाहा छैन बत्तीलाई
आफ्नै सुरमा जस्ले जिन्दगी बाच्ने गर्छ,
जसरी चिठ्ठा परे थाहा हुन्न अधकट्टीलाई ।
फूल भनेर सिउरेको थिए तर किन पात हुन्छ
अरूको आँसु पुछ्न सक्नेपनि जन्मजात हुन्छ
तर देख्छु मान्छेहरू हसियाँ बनेको मात्र अचेल
अरू भन्दा फूलको रेटाईमा ठूलै खुराफात हुन्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
