टेक्ने ठाउँ :लीलाराज दाहाल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २ ।
“म नयाँ उपविधा लेख्छु र त्यसको प्रवद्र्धक बन्छु !” उसले म नजिकै आएर मुसुमुसु हाँस्दै भन्यो !
“के लेख्नुहुन्छ ?” मैले सोधेँ !
उसले भन्यो, “म अब छोनि लेख्छु !”
“के हो नि छोनि भनेको ? यसको सैद्धान्तिक आधार के ?” म चुपचाप बस्न सकिनँ !
“छोनि भनेको छोटो निबन्ध ! सैद्धान्तिक आधार त के नै चाहिन्छ र !” उसले निर्धक्क भन्यो !
“सैद्धान्तिक आधार बिना त कसरी विधा हुन्छ र ! टेक्ने ठाउँ त चाहियो नि !” मैले उसलाई हेर्दै भनें !
उसले ओठमा तत्काल कुटिल मुस्कान सजाउँदै भन्यो, “अरु अरुले पनि त चारु, छोक, टुक्का, सुसेली, साइनो, झिल्का, ताङ्का, बाछिटा, चोइटा, केस्रा भनेर लेखेका छन् ! तिनको पनि त टेक्ने ठाउँ छैन नि !”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
