नगर प्रमुख कर्मचारीको चंगुलमा फस्दा खानेपानीको सपना पुरा गर्न सकिएन : रवी खड्का

नगर प्रमुख कर्मचारीको चंगुलमा फस्दा खानेपानीको सपना पुरा गर्न सकिएन : रवी खड्का

कपन अनलाइन

काठमाडौं ,साउन ५।

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का अध्यक्षले नगर प्रमुख मिठाराम अधिकारी कर्मचारीहरुको गलत सल्लाह र चंगुलमा फसेका कारण खानेपानीको योजना पुरा गर्न नसकेको भन्दै गुनासो गरेका छन।

साउन ४ गते वडा कार्यालयमा आयोजना गरिएको नीति ,योजना तथा बजेट सार्वजनिकीकरण कार्यक्रममा संचारकर्मीका माझ बोल्दै अध्यक्ष खड्काले आफुलाई पटक पटक बजेट व्यवस्थापन गर्ने आस्वासन दिदै निर्णय गरेपनि नगरपालिकाका सिमित कर्मचारीहरुको चलखेलका कारण बजेट नपाएको गुनासो गरेका हुन्।

नगर कार्यपालिका बैठक र नगर सभाबाट समेत बजेट व्यवस्थापन दिने निर्णय भएको बताउदै उनले केहि कर्मचारीहरुले नमिल्ने बताएका कारण नगर प्रमुख अधिकारी आफुले चुनावका दौरान गरेको जनप्रिय निर्णयबाट पछाडी हट्नु दुर्भाग्यपूर्ण रहेको धारणा राखेका छन।

वडा नं ६ का जनताहरुलाई पानी खुवाउन आफुले आमरण अनसन बस्ने निर्णय गरेर मिति घोषणा गर्दा बजेट दिने भन्दै स्थगित गराएका नगर प्रमुख कर्मचारीहरुको घुमाइमा पर्नु निकै रहस्मय रहेको भन्दै उनले अबका दिनमा पनि सो बजेट व्यवस्थापन नभए कठोर रुपमा प्रस्तुत हुन् वडाका जनतालाई आव्हान समेत गरेका छन।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।