बुढानीलकण्ठमा भूमि समस्या समाधानका लागि सहजीकरण समिति गठन, को को छन समितिमा ?
कपन अनलाइन
काठमाडौं ,साउन ५।
बुढानीलकण्ठ नगरपालिकामा भूमि समस्या समाधानसम्बन्धी कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सहजीकरण समिति गठन गरिएको छ।
बुढानिलकण्ठका नगर प्रमुख मिठाराम अधिकारीको संयोजकत्वमा गठित समितिमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई समेटिएको छ। सो समितिका सदस्यहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका चिरञ्जीवी पाण्डे, नेपाली कांग्रेसका विजेन्द्र पुडासैनी तथा नेकपा एमालेका प्रदीप डंगोल रहेका छन्।
समितिले नगरपालिकाभित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि आवश्यक समन्वय, सहजीकरण तथा अभिलेख अध्ययन गर्नेछ।
तपाइँको प्रतिक्रिया ।
