नेपालमय : डा. विश्वदीप अधिकारी ( कविता )
कपन अनलाइन
काठमाडौं ,मंसिर १८।
म तिमीहरूको कुर्सिमा
धावा बोल्दिन
म तिमीहरूको वस्तिहरूमा
हमला गर्दिन
मलाई तिमीहरूको सान, मानमा
धक्का दिनुछैन
मलाई तिमीहरूको सुविधा, सुरक्षामा
बक्रनु छैन
मलाई तिमीहरूको भाषणमा
प्रतिभाषण गर्नुछैन
म यत्ति जान्न चाहन्छु
तिमीहरूका कान छन् छैनन् ?
तिमीहरूका आंखा छन् छैनन् ?
तिमीहरूमा विवेक छ छैन ?
तिमीहरूमा प्रेम, करुणा, सद्भाव छ छैन ?
मेरो आवाज आफ्नै कानले सुन्न सक्छौ भने
मेरा अक्षर आफ्नै आंखाले पढ्न सक्छौ भने
सडक पेटि वटुवाको मात्र होस्
सरकारी सेवा सहज होस्
तिमीहरूले हामीलाई
नमस्कार गनें संस्कार बसोस्
तिमीहरूको ओठमा मुस्कान् होस्
सेवाग्राही सघाउने काउकुुति लागोस
तिम्रा कार्य मन्थन होस, चिन्तन होस
तिम्रा कमाइमा कालो नपसोस्
तिम्रो मनमा ठालू नजागोस्
राजनीति तिम्रो पेशा नबनोस्
जागिर तिम्रो वपौति नठहरियोस्
तिम्रो तनमा नैतिकता बचोस्
तिम्रो आँखामा नेपाल नाचोस्
तिम्रो कानमा नेपाल गुञ्जोस्
तिम्रो सान नेपालकै सान होस्
सक्छौ भने
हिजो र भोलि ब्र्सिेर, आज
लि क्वान, महाथिर र हो चि मिन
भई देखाऊ
खै हेरौं तिमी नेपालमय भएको ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
