गजल : राकेश ओली

गजल : राकेश ओली

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २२।

आफैंलाई आफैंले सहेर हेर
खोलाको किनारमा गएर हेर ।
अविरल बग्दछ इन्द्रावती त्यो
त्यसैमा तिमी पनि बहेर हेर ।
कति पिडा छ त्यो मलाई छथाहा
मेरो ठाँउमा तिमी भएर हेर ।
देख्दा आहा क्या गजबको देखिन्छु
आउन त मसँग रहेर हेर ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।