गजल : मानन्धर अभागी
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २२।
जसको याद आउँछ मलाई बार बार
कसैले नि गरेको थिएन यस्तो प्यार ।
उस्को आगमनभयो जब यो जिन्दगीमा
मेरो यो जिन्दगीमा छायो बहारै बहार ।
चाहिँदैनपिजाआफ्नै चुलोमा पाकेको
मिठो लाग्छ ढिंढोसितगुन्द्रुक को अचार ।
यहिं नङ्ग्रा खियाउँछु सुन चाँदी फलाउँछु
जानु छैनहजुर बिदेश मलाई कतार ।
न भोज भत्तेर, न तिहार न दशैंहाम्रो
दुःख सुख हामी हाम्रो सानो परिवार ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
