मुक्तकहरू : ईश्वर साउद(भिक्षु)
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २२।
जोड राखेर बेजोड भए छु
गन्तव्यको म मोड भए छु
माया पिरतका कुरा गर्दागर्दै
रित्तो यात्रामा लोड भए छु ।
सुनेर खवर झोकचल्यो
मेटियो तिर्खा भोक चल्यो
गाँस,वास र कपास मात्रै हो
देखासिकि सबथोक चल्यो ।
सारथिआयो उसको खवर लिएर
युद्ध बाट योद्धाको कवर लिएर
मन तहसनहस भयो जसै देखियो
मन भकानिदै आशु वरवर लिएर ।
हेरियो बाघ चालमित्र को
सत्रु सिध्यौँने जालमित्र को
आउनेरहेछ दिनदसालागेर
सोध्नुपर्छ के छ हालमित्र को ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
