बुढानिलकण्ठ–१२ मा हरितालिका तीजका अवसरमा लोक दोहोरी प्रतियोगिता हुने
कपन अनलाइन
काठमाडौँ, साउन २८।
बुढानिलकण्ठ नगरपालिका–१२ वडा कार्यालयले नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा लोक दोहोरी प्रतियोगिता आयोजना गर्ने भएको छ।
वडा कार्यालयका अनुसार प्रतियोगिता महिला समूह, महिला सञ्जाल तथा वडाभित्रका स्थानीय संघ–संस्थाहरूमाझ हुने छ। इच्छुक समूह वा संघ–संस्थाले २०८२ साउन ३० गते (बुधबार) भित्र आवश्यक कागजातसहित वडा कार्यालयमा आफ्नो नाम दर्ता गराउनुपर्नेछ।
दर्ताका लागि आवश्यक कागजातहरू:
१.नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२.व्यवसाय दर्ता प्रमाणपत्र वा कर तिरेको प्रमाणपत्रको प्रतिलिपि
३.महिला समूह/सञ्जालको हकमा दर्ता प्रमाणपत्रको प्रतिलिपि
नगद पुरस्कार:
-
प्रथम: रु. १५,०००/-
-
द्वितीय: रु. १०,०००/-
-
तृतीय: रु. ५,०००/-
प्रतियोगिताको मिति र स्थानबारेको विस्तृत जानकारी पछिल्ला सूचनामार्फत सार्वजनिक गरिने वडा कार्यालयले जनाएको छ।
