श्री महेन्द्र माध्यमिक विद्यालयमा प्राविधिक शिक्षक आवस्यकता !
कपन अनलाइन
काठमाडौँ, साउन २५।
श्री महेन्द्र माध्यमिक विद्यालय, बकैया–४, मकवानपुरले एक जना माध्यमिक तह प्राविधिक शिक्षकको लागि दरखास्त आह्वान गरेको छ। विद्यालयको २०८२ साउन २९ गते बसेको विद्यालय व्यवस्थापन समिति बैठकको निर्णय र बकैया गाउँपालिकाको अनुमति अनुसार यो सूचना जारी गरिएको हो।
पद विवरण
-
पद: माध्यमिक तह प्राविधिक शिक्षक
-
योग्यता: BE वा सो सरह (इलेक्ट्रिकल इन्जिनियरिङ)
-
विषय: माध्यमिक तहको प्राविधिक शिक्षा, इलेक्ट्रिकल विषय अध्यापन गर्न सक्ने
-
संख्या: १ (एक जना)
-
परीक्षा किसिम: लिखित, मौखिक (अन्तर्वार्ता)
-
दर्ता शुल्क: रु. १०००/-
-
तलब र सुविधा: नेपाल सरकारको नियमानुसार
-
उमेर सीमा: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
दरखास्त प्रक्रिया
-
फारम विद्यालय प्रशासन शाखाबाट प्राप्त गर्न सकिनेछ।
-
दरखास्त दिने अन्तिम मिति: २०८२ भदौ १९ गते विद्यालय समयभित्र
-
लिखित परीक्षा मिति: २०८२ भदौ २० गते
-
मौखिक परीक्षा मिति: लिखित परिणामपछि तोकिनेछ
आवश्यक कागजातहरू
-
शैक्षिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
-
नागरिकताको प्रमाणित प्रतिलिपि
-
दरखास्त फारमसहित तोकिएको दस्तावेज
दरखास्त बुझाउने क्रममा कुनै झूटो विवरण पाइएको खण्डमा आवेदन अस्वीकृत गरिने विद्यालयले जनाएको छ। विस्तृत जानकारीका लागि विद्यालयका फोन नम्बर ९८५५०५०१२९ (विद्यालय अध्यक्ष) वा ९८५५०९६१६५ (प्रधानाध्यापक) मा सम्पर्क गर्न सकिनेछ।
