बाल विकास बोर्डिङ हाइ स्कुलद्वारा प्याब्सन काठमाडौँ ब्वाइज फुटसल कपमा उत्कृष्ट प्रदर्शन
बाल विकास बोर्डिङ हाइ स्कुलले प्याब्सन काठमाडौँ ब्वाइज फुटसल कप २०८२ मा उत्कृष्ट प्रदर्शन गरेको छ । बाग्मती बोर्डिङ स्कुल सुकेधाराको फुटसलमा आयोजित सो फुटबल प्रतियोगितामा करिब ६० वटा विद्यालयको उपस्थिति थियो ।
बाल विकास बोर्डिङ हाइ स्कुल र वेदाङ्ग इन्टरनेशनल स्कुल बिचमा भएको खेलमा बाल विकास बोर्डिङ हाइ स्कुलले वेदान्त इन्टरनेसनललाई २-१ ले पराजित गरेको छ ।
त्यसैगरी इनोभेटिभ इङ्लिस स्कुलसँगको खेलमा बाल विकास बोर्डिङ हाइ स्कुल १-० ले विजयी भएको छ । खेल क्षेत्रमा अन्तर्राष्ट्रिय मैदानको अनुभव बटुल्नुको साथै स्वर्ण ,रजत तथा कास्य पदक हात पारिसकेको बाल विकास बोर्डिङ हाइ स्कुलका विद्यार्थीहरू फुटबल खेलमा पनि उत्तिकै सक्रिय र सिपालु भएको कुरा यस प्रकारका सफलताले पनि प्रमाणित गरेको विद्यालयका कार्यवाहक प्रधानाध्यापक दिनेश श्रेष्ठले बताए ।
कडा परिश्रम, टिमवर्क र दृढ सङ्कल्पको परिणामस्वरूप पाइएको सो सफलताप्रति उहाँले खुसी व्यक्त गर्नुभएको छ । साथै उहाँले यस सफलतामा मुख्य भूमिका रहेकामा विद्यालयका अतिरिक्त कार्यक्रम संयोजक तथा अन्तर्राष्ट्रिय स्तरका रेफ्री सुमन लामाप्रति कृतज्ञता ज्ञापन गर्दै उहाँलगायत विजयी विद्यार्थीलाई हार्दिक बधाई दिएका छन ।
तपाइँको प्रतिक्रिया ।
