अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बुढानिलकण्ठ नगर समितिको तेस्रो सम्मेलन हुने
कपन अनलाइन
काठमाडौँ, साउन २३।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बुढानिलकण्ठ नगर समितिको तेस्रो सम्मेलन तथा तीज विशेष कार्यक्रम साउन २५ गते बुढानीलकण्ठ नगरपालिका–८, किरात यायोक्खुङ चुम्लुङ भवनमा हुने भएको छ ।
कार्यक्रममा महिला अधिकार, लैंगिक समानता, सामाजिक न्याय र क्रान्तिकारी आन्दोलनमा महिलाको भूमिकाबारे विशेष छलफल भएको थियो। कार्यक्रममा पार्टीका शीर्ष नेताहरू, स्थानीय जनप्रतिनिधि, महिला अगुवा तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिती रहनेछ ।
सम्मेलनले बुटानीलकण्ठ नगर समितिको आगामी कार्ययोजना, महिला सशक्तिकरणका कार्यक्रमहरू, तथा संगठन विस्तारका रणनीतिहरू पारित गरेको आयोजक समितिले जनाएको छ। साथै, तीज पर्वको अवसर पारेर सांस्कृतिक प्रस्तुति तथा एकआपसमा ऐक्यबद्धता सुदृढ गर्ने कार्यक्रम पनि गरिएकोछ ।
तपाइँको प्रतिक्रिया ।
