ब्रिजवाटर इन्टरनेशनल स्कूलमा “फूड फेस्ट २०८२” कार्यक्रम सम्पन्न

ब्रिजवाटर इन्टरनेशनल स्कूलमा “फूड फेस्ट २०८२” कार्यक्रम सम्पन्न

कपन अनलाइन
काठमाडौँ, साउन १८।

काठमाडौँ महानगरपालिका–९ सिनामङगलमा रहेको ब्रिजवाटर इन्टरनेशनल स्कूलमा आज शनिबार एक कार्यक्रमकाबीच भव्यताका साथ “फूड फेस्ट २०८२” कार्यक्रम सम्पन्न गरिएको छ ।

विद्यार्थीहरूमा सिर्जनात्मकता, समूहमा काम गर्ने क्षमताको विकास, र विविध सांस्कृतिक परिकारहरूको पहिचान गराउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको सो विद्यालयका लेखा तथा प्रशासन प्रमुख राकेश साहले जानकारी दिएका छन  ।

उनले भने , “हाम्रो स्कूलमा अध्यनरत विभिन्न कक्षाका विद्यार्थीहरूले आफ्नै मेहनतमा तयार पारेका स्वादिला तथा आकर्षक परिकारहरू प्रस्तुत गरेका थिए । हरेक स्टलले फरक विषयवस्तु, संस्कृति र स्वादलाई प्रतिनिधित्व गर्दै अत्यन्तै रमाइलो वातावरण सिर्जना गर्‍यो ।”

उक्त कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, व्यावसायिक सोच र नेतृत्व क्षमताको विकासमा उल्लेखनीय योगदान पुर्‍याएको आफुहरुको निस्कर्ष रहेको सो स्कूलमा प्राधानाध्यापक नारायण दासले बताए  ।

उनले भने , “कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, व्यावसायिक सोच र नेतृत्व क्षमतामा विकास गरेको छ । हाम्रो विद्यालयले यस्ता सिर्जनात्मक र अनुभवात्मक शिक्षामूलक कार्यक्रमहरू भविष्यमा पनि निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ ।”

फूड फेस्टमा कक्षागत खाना स्टलहरू, स्वास्थ्यसँग मेल खाने परिकारहरूको प्रदर्शन, सजावट तथा परिकार प्रस्तुतीकरण प्रतियोगिता, अभिभावक तथा शिक्षकहरूको समेत सक्रिय सहभागिता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।