गर्मिमा देहात : दीवाकरप्रसाद आचार्य (कविता )

गर्मिमा देहात : दीवाकरप्रसाद आचार्य (कविता )

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १७।

झुल्क्यो घाम झलक्क कि त धरणी आगो समानकी बनी
वासिन्दा नरनारीहेरु जति छन् पोल्दा ती काला बनी
मैलो गञ्जी कछाडले शरीरमा ढाकेर हा; तैपनि
गर्छन् काम विचरा परिश्रमीहरू इञ्जिनसरिका ननी ।।

नौ या दश हुन पाउँदैन पथमा जोरले हुरी चल्दछ
बज्दा बाह्र रनक्क ताती पृथिवी भूगर्भ नै जल्दछ ।
खरका छन् झुपडी न कि अरु मनोरञ्जन दिने दृष्य छन्
चौतर्फै समतल भूमि अनि धूलो नानीमहां नाच्दछन् ।।

औलाका कणहेरु बीच नभमा तिरमीर गरी टल्कने
फेरि अंगमहाँ अतिव पशिना निस्की शिरै बल्कने
तिर्खाले गरी जोर पानी पिउँदा दुर्गन्ध धेर शउने
ऊङ्लागी कन हाइ आई दिनमा आलस्य खूब लागने ।।

गाडाबान अती कठोर वचनले सुधा बयलमा सदा
गर्दै गाली निरापराधीहरूमा झन लाठी वर्षाउँदा
अश्रुु झारी तरक्क हाय मुक ती त्यागेर मल झस्कदा
छाती चर्की चरक्क गर्छ सबको देखेर निष्ठुरता ।।

फैलाएर पखेरु कृष्ण नभमा आइन् की सन्ध्या सबै
देखेमा पनि डोरी तर्क गरी साँप झस्केर भाग्छन् निकै
भुईं भित्ता डसना सिरक र तकिया हेरेर राम्रो गरी
सुत्छ्न किन्तु डराइ भित्र मुटु ता धड्कन्छ ढकढक गरी ।।

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।