नेसनल प्याब्सन काठमाडौंको आयोजनामा पुर्व प्राथमिक तथा प्राथमिक तह शिक्षक तालिम संम्पन्न

नेसनल प्याब्सन काठमाडौंको आयोजनामा पुर्व प्राथमिक तथा प्राथमिक तह शिक्षक तालिम संम्पन्न

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १५।

नेसनल प्याब्सन काठमाडौं जिल्ला समितिको आयोजनामा पुर्व प्राथमिक तथा प्राथमिक तह शिक्षक तालिम संम्पन्न भएको छ।

काठमाण्डौ महानगरपालिका वडा नं ७ मा रहेको  टेक्सास कलेजमा आयोजना भएको पुर्व प्राथमिक तथा प्राथमिक तह शिक्षक तालिममा ४० बिध्यालयका ३२७ जना शिक्षकशिक्षिकाहरुको सहभागिता रहेको थियो ।

नेसनल प्याब्सनका सस्थापक अध्यक्ष तथा सम्बिधान सभाका माननिय सदस्य गीता क्षेत्री राणाज्युको प्रमुख आतिथ्यता तथा नेसनल प्याब्सन केन्द्रीय समितिका पुर्व अध्यक्ष रितुराज सापकोटा, नेसनल प्याब्सन केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारी, महासचिब प्रताप बहादुर थापा, उपाध्यक्ष कुमार भट्ट्राराई , उपाध्यक्ष धर्मराज रेग्मी, केन्द्रीय सदस्य राजेस्वर तिवारी, टेक्सास कलेजका प्राचार्य श्याम सुन्दर श्रेष्ठ, प्रोगाम डाईरेक्टर नारायण पोखरेल ,ट्रेनर अशोक कुमार दाहाल, जिल्ला समिति पदाधिकारी कोषाध्यक्ष बिजय न्यौपाने, सह सचिब प्रकास अधिकारी, सह कोषाध्यक्ष हेमन्त श्रेष्ठ, सदस्य राम प्रसाद काफ्ले र बुढानिलकठ नगर समिति अध्यक्ष सुदिप काफ्ले, नगर समिति पदाधिकारी तथा बिध्यालय प्राचार्यहर को उपस्थितिमा तालिम सम्पन्न भएको हो ।

कार्यक्रममा कक्षा कोठा ब्यबस्थापन ,बिध्यार्थीहरुको बानी ब्यबस्थापन, प्रभावकारी शिक्षण सिकाई बिधि, माईक्रो टिचिङ र सीप सिकाई वर्कशप आयोजना भएको थियो। नेसनल प्याब्सन जिल्ला समिति अध्यक्ष होम बहादुर (मनोज ) अधिकारीको अध्यक्षतामा कार्यक्रम आयोजना भएको थियो । उक्त कार्यक्रम सन्चालनको लागि बृलियन्ट पब्लिकेसन तथा डिस्ट्रीब्युटर र टेक्सास कलेजले सहकार्य गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।