बौद्ध चिल्ड्रेन हेवन बोर्डिङ स्कुलमा दन्त शिविर सम्पन्न
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १५।
काठमाण्डौ महानगरपालिका वडा नं ६ रामहिटी , बौद्धमा अवस्थित बौद्ध चिल्ड्रेन हेवन बोर्डिङ स्कुलमा दन्त शिविर सम्पन्न भएको छ।
बौद्ध चिल्ड्रेन हेवन बोर्डिङ स्कुलतथा एन्जल्स डेन्टल क्लिनिकको संयुक्त आयोजनामा भएको शिविरमा विद्यालयमा अध्ययनरत विद्यार्थी , शिक्षक, कर्मचारी , अभिभावक लगायत सर्वसाधारण महानुभावहरुको निशुल्क: दन्त परीक्षण गरिएको थियो।
सो अवसरमा मौखिक स्वास्थ्य सम्बन्धी आवश्यक परामर्श पनि प्रदान गरिएको थियो । उक्त कार्यक्रममा उल्लेख्य सहभागिता रहेको कुरा विद्यालयका प्रिन्सिपल ललित शर्माले जानकारी गराउनुका साथै सहभागी सम्पूर्णलाई धन्यवाद प्रकट गरेका थिए।
तपाइँको प्रतिक्रिया ।

