कपन अनलाइन
काठमाडौं,फागुन २०।
आफ्नो व्यक्तिगत र पारिवारिक स्वार्थभन्दा धेरै माथि उठेर जीवनभर शिक्षण पेशामा समर्पित छन, धुर्वतारा कार्नेभाली स्कुल,बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का प्रधानाध्यापक जिवाकार शर्मा पौडेल (जे एस पौडेल)।
उनको जन्म विक्रम सम्वत् २०२५ साल भाद्र १२ गते स्याङ्जा जिल्लाको विचारी चौतारा गाउँपालिका वडा नं १ माझकटेरामा भएको हो।
सामान्य किसान परिवारमा जन्मेर अत्यन्त कष्टकर बाल्यकाल बिताएका उनको प्राथमिक शिक्षा बिचारी चौतारा वडा नं १ को श्री साउनेटारी माविबाट भएको थियो। जहाँ कक्षा १ देखि कक्षा ३ सम्म मात्र अध्यापन गराइन्थ्यो। यसपश्चात उनी थप शिक्षा आर्जनका निमित्त सोही गाउँपालिकाको राष्ट्रिय माविमा अध्ययन गर्न थाले। जहाँ कक्षा ४ देखि कक्षा ७ सम्म अध्यापन गराइन्थ्यो।
कक्षा ७ उत्तीर्ण गरेपश्चात् माध्यमिक तहको शिक्षा आर्जन गर्नका लागि उनी पर्वत जिल्लाको आर्थर डाँडा गाउँपालिकाको पञ्चकोशी माविमा भर्ना भएका थिए।त्यस विद्यालयमा पौडेलका रोचक प्रसंगहरु पनि जोडिएका छन।सो विद्यालय गुरुङ समुदायमा रहेको हुँदा त्यहाँ धेरैजसो गुरुङ जातिका बालबालिकाहरू मात्र अध्ययन गर्ने भएकोले त्यस विद्यालयमा ब्राह्मण जातिका बालबालिकाहरू अध्ययन गर्न मान्दैनथे किनभने गुरुङ जातिका बालबालिकाहरूले पिट्छन्,ब्राह्मणलाई बोमे भनेर हेप्छन्,अपहेलना गर्दछन् भनेर त्यस विद्यालयमा ब्राह्मण जातिका बालबालिकाहरू अध्ययन गर्न मान्दैनथे।
तर सानैदेखि पढाइमा अब्बल भएका कारण ती गुरुङ जातिका बालबालिकाहरूले केही पनि भन्ने हिम्मत नगरेको बरु उनीसँग घुलमिल बन्दै मित लगाएको,सँगै मिलेर पढ्न थाले उनी पनि ती गुरुङ जातिका बालबालिकाहरूलाई नजानेको कुरा सिकाएर पढाइमा सहयोग गर्न थालेको पौडेल स्मरण गर्दछन ।
त्यस समय उनी पढेको पञ्चकोशी विद्यालयको कक्षा १० को वार्षिक परीक्षामा कोही पनि विद्यार्थी पास नभएमा उक्त विद्यालयको सञ्चालन स्वीकृति खारेज गरिदिने नीति थियो तर उनले त्यस वर्ष त्यस विद्यालयको कक्षा १० को वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याएर पास गरे जसबाट उनको विद्यालय खारेज हुनबाट बचाएको प्रसंग पनि निकै रोचक रहेको छ।
विक्रम सम्वत् २०४१ सालको एसएलसी परीक्षा पास गरेपश्चात क्याम्पस अध्ययन / प्रमाणपत्र तह अध्ययनको लागि पोखराको पृथ्वीनारायण क्याम्पसमा आएका पौडेलले क्याम्पस पढ्ने समयमा कानको रोगली निकै सताएको थियो। सानो छदा भैसीको आहालमा पौडी खेल्ने बानीका कारण उनको कानमा समस्या देखा पर्न गएको थियो जसकारण अनि पोखरामा अध्ययन गरेता पनि उनी कानको उपचारको लागि काठमाडौ नै आउनुपर्दथ्यो।
उनी क्याम्पस पढ्ने क्रममा उनले आफ्ना किसान बाबालाई भनेका थिए कि मलाई ६ महिनासम्म मासिक ५ सय पठाइदिनुहोला। बाबाले पठाएको त्यो रु.५०० रुपैयाँले मात्र खर्च नपुग्ने हुनाले उनले आफ्नै डेरामा केही बालबालिकाहरुलाई ट्युसन पढाउन सुरु गरेका थिए।
आफ्छना बुवालाई दिएको छ महिनाको अवधि समाप्त भएपछि उनी कामको खोजीमा लाग्न थाले। कामको खोजीमा यताउता भौतारीरहँदा उनले मामालाई सम्पर्क गर्न पुगे। उनका मामाले उनलाई भने ‘हेर भान्जा बाबु तिमीलाई गाह्रो भएको भए म तिमीलाई एउटा शिक्षकको काम मिलाइदिन्छु गर्ने हो त ! तर त डेढ घण्टा हिँडेर जानुपर्ने हुन्छ। ‘
मामाको कुराले आफ्नी निकै खुसीले कारण गदगद भएको सम्झिदै पौडेलले सो स्थानमा दुई वर्षसम्म गरेको तर एउटा अप्रिय सम्झना लिदै विदा भएको बताउछन।
उनी बिहान चाँडै उठेर दुई घण्टा हिँडेर काममा जाने गर्दथे। एक दिन उनी आफ्ना विद्यार्थीहरूलाई लिएर शैक्षिक भ्रमणका लागि गएक उनी शैक्षिक भ्रमणमा गएको बखत फर्कने बेलामा अत्यन्त रात पर्यो र त्यस समय त्यहाँ सवारी साधन पनि त्यस समय साझा बस बाहेक अन्य सवारी साधनको व्यवस्था थिएन।
त्यस समय उनले आफूसँग भएका ३५ जना विद्यार्थीहरू शिक्षिकाहरुलाई आफ्नै डेरामा लिएर गए र त्यस रात उनले विद्यार्थीहरूलाई आफ्नै डेरामा लगेर राखे। त्यो रात उनले अध्यापन गराउने विद्यालयमा विद्यार्थीहरू हराएकोले निकै हल्लाखल्ला भएको थियो।
भोलिपल्ट विद्यार्थीहरू लिएर विद्यालय पुग्दा उनलाई विद्यालयका प्रधानाध्यापकले कु बच्चन लगाएर गाली गरेको बताउदै पौडेलले सोहि समय शिक्षकबाट राजीनामा दिएर आफै विद्यालय खोल्ने अठोट लिएको सम्झन्छन।
त्यस विद्यालयबाट राजीनामा दिएर विभिन्न विद्यालयमा अध्यापन गर्दै उनले ९० हजार जम्मा गरेर नेबरहुड माविको स्थापना गरेका थिए।
यसको केहि समयपछि उनले पहिला अध्यापन गरेको विद्यालय कक्षा ८ सम्म मात्र स्विकृत भएको र ९ र १० का विद्यार्थीहरु अफ्ट्यारोमा परेको सुचना पाएपछि सो विद्यालय खरिदको प्रस्ताव गरे जुन स्वीकृत भयो र उनि नेभरहुड विद्यालय र लक्ष्मीपुर विद्यालयको प्रधानाध्यापक बन्न सफल भएका थिए।
त्यस स्कुलका विद्यार्थीहरूले एसएलसी दिन नपाउने भएका रहेछन् जसकारण त्यस विद्यालयका शिक्षकहरू समेत यस कुराले पिरोलिरहेको समयमा आफुले नेतृत्व गरेको पौडेल सम्झिन्छन। उनले सो विद्यालय ४ लाख ७५ हजार रुपैयाँमा खरिद गरेका थिए।