हिमालय बोर्डिङ्ग स्कुल,बुढानिलकण्ठ -३ को १९ औ अभिभावक दिवस सम्पन्न

हिमालय बोर्डिङ्ग स्कुल,बुढानिलकण्ठ -३ को १९ औ अभिभावक दिवस सम्पन्न

कपन अनलाइन

काठमाडौं,फागुन २१ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ३ मा रहेको हिमालय बोर्डिङ्ग स्कुलको १९ औ अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ।

विद्यालय संचालक समितीका अध्यक्ष डोल राज बस्यालको अध्यक्षता तथा नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको सो अभिभावक दिवस समारोहमा विभिन्न सांस्कृतिक प्रस्तुति सहित पुरस्कार वितरण गरिएको   थियो।

बुढानिलकण्ठ नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीराम केसी ,वडा नं ५ का अध्यक्ष कृष्ण शाह ठकुरी , लेखा समितिका संयोजक राजकाजी श्रेष्ठ सहित वडा सदस्य तथा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको सो समारोहमा प्रिन्सिपल खेमराज घिमिरेले विद्यालयका गतिविधि र योजनाहरुका वारेमा जानकारी दिएको सहायक प्रधानाध्यापक श्यामकाजी श्रेष्ठले बताएका छन ।

 

तपाइँको प्रतिक्रिया ।