हृदय : शेखरकुमार श्रेष्ठ (लघुकथा)

हृदय : शेखरकुमार श्रेष्ठ (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,माघ २०।

यमदूत बिरुवा नभएको तुलसीको मठमा टाँसिएर बसेका थिए ।

आँगनमा एउटा काग आएर करायो । एउटा कुकुर बारीको कान्लाबाट उक्लँदै आयो । ऊ दैलो अगाडि बसेर भुक्न थाल्यो ।गोठको गाई बाँबाँ गरी करायो । घरको ढोका खुला थियो । कसैले बाहिर आएर हेरेनन् । कोही पनि देखिएनन् ।
कागभन्दै थियो, ‘मैले खबर ल्याएको छु ।’
कुकुर भन्दै थियो, ‘मैले ढोका कुरिराखेको छु ।’
गाई भन्दै थियो, ‘म वैतरणी लागि पर्खेर बसेको छु ।’
गोरुले उच्च स्वरमा मालिक बोलाउँदै भन्यो, ‘मैले घरको मानिसको सारा काम गरिदिएको छु । कामगर्नु मेरो कर्तव्य हो, खुवाउनु मान्छेको कर्तव्य हो ।’
ती सबैले अन्तर्आत्मादेखि यमराज भज्दै शरीरले मान्छे पर्खेका थिए ।
यमदूतले घडी हेरे ।उनी घरमा पसे ।उनले घरको कोठा कोठा चहारेर खोजे । घर थियो, कोठा थियो, कोठामा हुनुपर्ने सबै सामान उनले देखे । बाहिर आई यमदूतले सबैलाई हेरेर सोधे, ‘तिमीहरुले कसलाई कुरि राखेको ?’
सबैले एक एक गरी भने, ‘मान्छे ! हामीले खान नपाएको धेरै दिनभयो । हामीमर्न पनि सकेनौँ र बाँच्न पनि पाएनौँ । यमदूतले भने, ‘यस घरमा मान्छे नै छैन ।’
सबै जिल्ल परे । ती सबैले ध्यान गर्दै मान्छेको हितका लागि स्तुति गरे । यमदूतदायाँबायाँचल्दा कुकुरले चिन्यो र भन्यो, ‘तपाईँलाई मैले चिनेँ । भन्नुहोस्, मान्छे खोइ ?’
यमदूतले भने, ‘तिमीहरु बफादार रहेछौ । त्यसैले कुरेर बस्यौ । यो घर रित्तो भएको मान्छे नभएर होइन, मान्छेको मन पत्थर बनेर हो ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।