क.बा.लाई शुभकामना : रत्ननिधि रेग्मी, शुक्राचार्य (कविता )
कपन अनलाइन
काठमाडौं, पुस ७ ।
वर्षमा बाह्र गरेछ पार पत्रिका क.बा.ले
पाँचसय अङ्क नघायो ऐले मङ्सिर मैह्नाले
कसरी बित्यो पाँचसय हप्ता रोचक कथा छ
सबैले सुने मनमनै गुने बिझाउने ब्यथा छ ।।१।।
रात र दिन खटेर लाग्छन् निबन्ध आचार्य
सित्तैंमा पनि पत्रिका दिन्छन्, लाग्दछ आश्चर्य
ग्राहक भन्नु तीन चार सय आजीवन सदस्य
कसरी जुट्छ प्रेसको खर्च ? बेग्लै छ रहस्य ।।२।।
जागिर गर्दै घरबार धान्ने कल्पना आचार्य
पत्रिका छाप्न आर्थिक स्रोत यिनै हुन् आखिर
नमानीकन मनमा झिंझो छ साथ दिएको
रिन र पान अमृत मानी देखिन्छ पिएको ।।३।।
छन् संरक्षक पुष्करप्रसाद र श्यामा खरेल
चालिसे थरका महेन्द्र तथा श्री गङ्गा लिगल
सल्लाहाकार वरिष्ठ हाम्रा शङ्कर भारती
पौडेल गङ्गा प्रबन्ध गर्दै जगाउने आरती
श्री हेम पौडेल छन् कलाकार विशिष्ट श्रेणीका
हुन् प्रशुराम ती अधिकारी रोल्वालिङ् प्रेसका
व्यवस्था गर्ने छन् व्यवस्थापक विमल कोइराला
बजार हेर्ने न्यौपाने माधव मुख्य छन् यसका
माधवलाल श्रेष्ठ छन् उस्तै विजय चालिसे
विमल अर्याल, वितरण गर्ने श्री यज्ञ न्यौपाने ।।४।।
यसरी टीम बनाईकन पत्रिका चलेको
कसैको होला एकनास आउँदा हिर्दय जलेको
नेपालभित्र यही छ पैलो साहित्यिक पत्रिका
हरेक शुक्रबारमा आउने कविका कविता ।।५।।
तिलकप्रसाद लुइँटेल गुरु पुराण सुनाउँछन्
त्रिलोचन हाम्रा आचार्य राम्रा कविता बनाउँछन्
समेट्छ यसले सबैका लेख कपन–बानेश्वर
सम्मान गर्छ यथेष्ट मान बनेर परमेश्वर ।।६।।
श्री बी.डी. त्यागी साहित्यकार अमर बनेका
उनैका सच्चा सुपुत्र हुन् है निबन्ध भनेका
यिनैले गरे नेपालभित्र एउटा चमत्कार
साहित्यलाई प्रमुख बनाई दिएर समाचार ।।७।।
कहिले गोष्ठी र सेमिनार, सम्मान, पुरस्कार
क.बा. ले दिन्छ बिरामी परे तापनि समाचार
निबन्ध आफै सक्रिय बनी गोष्ठीमा पुग्दछन्
मनमा पीडा जति होस् भित्र, बाहिर हाँस्दछन् ।।८।।
उनको गुन्को के सक्नु मैले गर्नलाई बयान
नगरुँ भने लाग्ने छ पाप, सक्तिनँ सहन
आपूmले केही नलेखी गर्यौ लेखाउने प्रेरणा
निबन्धजीलाई बधाई दिन्छु यो शुभकामना ।।९।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक