पाँच मुक्तक : गंगा लिगल

पाँच मुक्तक : गंगा लिगल

कपन अनलाइन
काठमाडौं, पुस ७ ।

सभ्यताले नया काचुली फेर्न लागेको बेलामा
देश उन्नतशिल बन्न जुर्न लागेको बेलामा
बिकृति सृजना गर्नेमा अगाडि नबढ है
देशमा नवीन पदचाप पर्न लागेको बेलामा

जाग जाग देशको गतिमा आच आयो
किन यसरी बिकृतिको ठूलो माच आयो
देश बनाउने कि बिगार्ने सोध तिनलाई
किन यसरी ट्क्रा टुक्रा हुने काच आयो ।

नेताको मन कतै छैन चयन
देशको धन सधैँ लुटन नयन
भकारी भारी बनाई कन के गर्ने
आखिर जानू पर्छ छोडेर जीवन ।

उन्नत राष्ट्र बनाउन सुन्दर सपना सजाएर राखौ
नेपाली एक बद्वता बनाउन कल्पना भिजाएर राखौ
देश मेरो आफ्नो हो भन्ने भावना बढाऔ सबैले
सबै मिली साकारताको स्वर्णिम कामना सजाएर राखौं ।

जगत उज्यालो दान दिन्छिन सरस्वती
संसारै झलमल मान दिन्छिन सरस्वती
बिद्या बिनाको जीवन भासिन्छ दलदलमा
बिश्वनै जगमग शान दिन्छन् सरस्वती ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।