आत्मा : लक्ष्मण अर्याल (लघुकथा)

आत्मा : लक्ष्मण अर्याल (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,असार २३।

जिन्दावाद, जिन्दावाद ! – नारा घन्किरहेथ्यो सबैतिर । धर्ती अनि आकाश गुञ्जायमान भइरहेथ्यो ।
इदिअमिनले भन्यो – म कहाँछैन र अब – धर्तीमा छु, आकाशमा छु, शब्दमा छु, ध्वनिमा छु, तरङ्गमा छु अनि भावनामा पनि छु ।
इदि अमिनका कुरा सुनेर ऊ हाँस्यो र भन्यो – यो भ्रमक तिन्जेल पाल्छस् र इदिअमिन?तँ मर्छस्, तेरा भ्रमहरु मर्छन् अनियी सब तँसँगै बिलाउनेछन् शून्यमा ।
कसैका कुरा नखाने इदि अमिनलाई उसका कुराले आज भने छोयो । उसले सोच्यो – हो त म मर्नेछु अनि मेरो नाम र प्रभुत्व पनि विस्तार विस्तार मर्दै जानेछन् । इदि अमिनलाई मान्छेले नबिर्सियून् भनेर यो धर्तीमा आफ्नो नाम छाडेर जान मन लाग्यो ।
इदि अमिनले आदेशदियो – मठ, मन्दिर, गुम्बा सबैतिर मेरो नाम लेखिदे ।
उसले फेरी भन्यो – इदि, यीपनि त नश्वर नै हुन् । तँ मरेपछि मर्छस् भन्या । दीर्घकाल सम्म बाँच्ने आशा छाड्दे ।
इदि अमिनलाई यो पनिहो जस्तो लाग्यो । सोच्यो – अब अमर बन्न प्रकृतिमा नै जानुपर्छ । उसले पुनःआदेश दियो – ए सुसाउने हावाहरु हो, कल्कलाउने खोलाहरु हो तिम्रा आआफ्ना ध्वनिहरुमा मेरो नाम गुन्जाइदिनु । ए तरुलतिकाहरु हो, तिम्रा हरेक बिउँझने पातपातमा मेरो नामाक्षर कुदिदिनू । हरेक ठाउँमा चाँदीले लेखिदिनू, सुनले लेखिदिनू, महँगाधातुहरु जे जे छन् ती सबले लेखिदिनू । मलाई बाँच्नु छ अनन्तसम्म । ए प्रकृति सुन् – तेरा मर्जीले होइन मेरा मर्जीमा चल्नुपर्छ तँ ।
प्रज्वल, ए प्रज्वल निकेतन ! उठ् कति सुतिरा अल्छी । – यो आवाजले बिउँझियो प्रज्वल निकेतन ।प्रज्वलले बिउँझिएर सोच्यो – सपनामा म बनेर त्यो मृत तानाशाह इदि अमिनको आत्मा किन आयो होला?कतै मेरा स्नायु तन्त्रिकाहरुमा इदि अमिन त बगिरहेका छैनन् ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।