धोबिखोला करिडोर देखी मिलनचोक तरकारी बजार सम्म  बक्स कल्भर्ट निर्माण कार्य सुरु

धोबिखोला करिडोर देखी मिलनचोक तरकारी बजार सम्म  बक्स कल्भर्ट  निर्माण कार्य सुरु

कपन अनलाइन

काठमाडौं बैशाख २८ ।

बुढानिलकण्ठ नगरपालिका  वडा नं १० धोबिखोला करिडोर देखी मिलनचोक तरकारी बजार जाने चखुन्चा चोक सम्मको ५०० मिटर  बक्स कल्भर्ट  निर्माण कार्य सुरु भएको छ ।

कपन ढुबान समस्या समाधानका लागी सुरु भएको साततले-आनिगुम्बा परियोजना अन्तरगत तेस्रो चरणको कल्भर्ट निर्माण कार्य सुरु भएको हो।

काठमाडौं उपत्यका विकास प्राधिकरणको विनियोजित रकम २७ करोड १ लाख १ हजार १ सय ३६ रुपैयाँमा हुन लागेको यस ५०० मिटर कल्भर्ट निर्माणको लागी ड्रागन-आर.ए-रनेसन्स जेभी   ललितपुरले २०७९ चैत्र २ गते ठेक्का सम्झौता गरेर काम अगाडी बढाएको हो  ।

सम्झौता अनुसार २०८१ माघ ११ गते सम्ममा निर्माण सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको  छ ।

तपाइँको प्रतिक्रिया ।