नेकपा (एमाले ) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नागरिक अगुवा डा.मथुराप्रसाद श्रेष्ठको साथ

नेकपा (एमाले ) का  वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नागरिक अगुवा डा.मथुराप्रसाद श्रेष्ठको  साथ

कपन अनलाइन

काठमाण्डौ , कार्तिक १३ ।

काठमाडौं निर्वाचन क्षेत्र नं  ५ मा चुनावी भेटघाटमा रहेका नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नागरिक अगुवा डा.मथुराप्रसाद श्रेष्ठले साथ दिएका छन ।

मतदातासँगको भेटघाटको दौरान श्रेष्ठ निवास पुग्नुभएका पोखरेललाई विजयका लागि शुभकामना प्रदान गर्दै नागरिक समाजका अगुवा श्रेष्ठले आम जनताले फेरि पनि एमाले नेतृत्वको सरकार चाहिरहेको बताएका थिए  । आम जनताले फेरि पनि केपी ओली नेतृत्वको सरकार आउनुपर्छ भन्ने चाहना प्रकट गरेको आफूले पाएको बताउँदै उनले अझै शसक्त भएर लाग्न पोखरेललाई शुभकामना दिएका थिए  ।

उनले आफू एमाले नभए पनि एमालेले जित्नुपर्छ भन्ने मान्यतामा अडिग रहेको बताउदै एमाले बाहेक अरु कसैले पनि अहिलेको अवस्थामा देशको नेतृत्व गर्नै नसक्ने अवस्थामा रहेको  विचार राखेका थिए ।

सरकारको नेतृत्व एमालेबाहेक अरु कसैको हातमा पुग्यो भने बेइमानी र फट्याइ हुनसक्ने बताउँदै उनले एमालेप्रति जनताको ठूलो आशा रहेको बताउनुभयो ।
प्रदेश सभाका उम्मेदवार दीपक निरौलासहित डा. श्रेष्ठ निवास पुग्नुभएका काठमाडौं–५ का उम्मेदवार पोखरेलले एमालेप्रति दर्शाएको सद्भावप्रति धन्यवाद व्यक्त गरेका थिए  । उनले डा. श्रेष्ठको विश्लेषण नै आजको सही कुरा भएको बताउँदै देशलाई माया गर्नेहरूले एमालेलाई रोज्नुपर्ने बताएका थिए।

तपाइँको प्रतिक्रिया ।