भ्रमपूर्ण,झुट र लान्छनायुक्त प्रचार प्रति नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ५ को आपत्ति

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १३।

भ्रमपूर्ण,झुट र लान्छनायुक्त प्रचार प्रति नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ५ ले  आपत्ति प्रकट गरेको छ।

निर्वाचन प्रचारको दौरानमा सत्ता गठबन्धनका उम्मेदवारहरुले गिरोह शैलीमा नेकपा एमालेका उम्मेदवारहरुका वारेमा विविध नकारात्मक टिप्पणी र अप्रमाणित आरोप लगाएकोमा ध्यानाकर्षण भएको भन्दै नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ५ ले स्वस्थ प्रतिस्पर्धालाई अमर्यादित र अस्वस्थ प्रतिस्पर्धामा बदल्न खोजिएको आरोप समेत लगाएको छ।

निर्वाचनको प्रचारमा आफ्ना नीति र योजनाका कुरा भन्दा पनि प्रतिस्पर्धी प्रति नकारात्मक विचार व्यक्त गर्नु पराजित मानसिकताको उपज रहेको भन्दै नेकपा एमाले काठमाण्डौ  क्षेत्र नं ५ निर्वाचन परिचालन कमिटीकी संयोजक शान्ति अधिकारीले  जारी गरेको बिज्ञप्तिमा कुनै पनि भ्रममा नपर्न आगह समेत गरिएको छ ।

बिज्ञप्ति :

May be an image of text

 

तपाइँको प्रतिक्रिया ।