गोकर्णेश्वरको युवा तथा खेलकुद विकास समितिले गर्यो राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरूलाई सम्मान तथा पुस्तक बिमोचन

कपन अनलाइन

काठमाडौँ, असोज १० ।गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरूलाई सम्मान तथा गोकर्णेश्वरको खेलकुद गतिविधि समेटिएको पुस्तक विमोचन गरेको छ ।विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम तथा गोकर्णेश्वरमा खेलकुदको विकासमा सहयोग गर्ने विभिन्न खेलाडी, प्रशिक्षक, राष्टिय खेलाडीहरुलाई आइतबार ओसिस पार्टी प्यालेसमा  एक कार्यक्रमका बीच नगर प्रमुख दिपक कुमार रिसालले सम्मान पत्र सहित सम्मान गरेका हुन   ।

गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका संयोजक सञ्जय लामाको अध्यक्षता तथा नगर प्रमुख दीपक रिसालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नगर प्रवक्ता एबम  वडा नं. ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा अध्यक्षहरु जयराम महत, नन्दलाल श्रेष्ठ, राजिव थापा, प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटा, नगरपालिकाका विभिन्न शाखाका प्रमुख, अधिकृत तथा खेलकुद विकास  समितिका पदाधिकारी, सहित  विभिन्न विधाका खेलाडी, प्रशिक्षकहरुको उपस्थिती रहेको सो कार्यक्रम संचालन गोकर्णेश्वर नगरपालिका शिक्षा  युवा तथा खेलकुद विकास समिति शाखाका स्रोत ब्यक्ति  राम नारायण शाहले गरेका थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख दिपक कुमार रिसालले खेलकुदलाइ नगरपालिकाले प्राथमिकतामा राखेको बताए । उनले  यसपटक नगरपालिकाले खेलकुदलाइ २ करोड ३६ लाख बजेट छुट्टाएको समेत बताए । त्यसैगरि अन्तराष्ट्रिय प्रतियोगितामा मेडल ल्याउने गोकर्णेश्वर नगरपालिकाका  खेलाडीलाइ नगद रू एकलाख देखी तीन लाख सम्म नगद पुरस्कार दिने घोषणा समेत गरेका थिए । उनले खेलाडीहरुलाई खेल खेल्नको लागि पूर्वाधार निर्माणमा नगरको जोड रहने बताउदै खेलाडीहरुलाई स्वास्थ्य बिमा लगायतको कार्यक्रम ल्याएको बताए । उनले खेलाडी उत्पादनको लागि प्रारिश्रमिक नै दिएर  मापदण्ड तोकी प्रशिक्षकहरु नियुक्ति गर्न लागेको पनि बताए ।उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको परिचय पत्र बनाइने  समेत बताए ।उनले खेलाडीलाइ सम्झने खालका कार्यक्रम समेत नगरपालिकाले राख्दै जाने बताएका थिए ।  उनले आउदै गरेको चाड पर्वको शुभकामना समेत दिएका थिए।

 कार्यक्रममा गोकर्णेश्वरमा भएका  खेलकुद गतिविधि समेटिएको पुस्तक समेत बिमोचन गरिएको थियो ।कार्यक्रममा बोल्ने वक्ताहरुले  खेलकुदको विकासका बारेमा चर्चा गर्दै सम्मानित खेलाडीहरुलाई बधाई समेत दिएका थिए ।अध्यक्षताको आसन बाट बोल्दै गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका संयोजक सञ्जय लामाले  खेल र खेलाडीको विकासमा खेलकुद विकास समिति लागि परेको बताएका थिए ।उनले सम्मानित सम्मानित खेलाडीहरुलाई बधाई दिदै यस्ता कार्यक्रम गर्दै जाने पनि बताए ।

तपाइँको प्रतिक्रिया ।