कर्तव्य ज्यान सम्बन्धि कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
कपन अनलाइन
काठमाण्डौ ,असोज १०।
कर्तव्य ज्यान सम्बन्धि कसूर मुद्दाका फरार प्रतिवादी गेरूवा गाउँपालिका-४ जोधिपुर बस्ने ३७ वर्षीय श्याम बिसी भन्ने टिकाराम बुढा क्षेत्रीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
कर्तव्य ज्यान सम्बन्धि कसूर मुद्दामा २०६२ साउन १६ गतेदेखि फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाइँको प्रतिक्रिया ।