बुढानिलकण्ठ नगरपालिका वडा नं १ को प्रशासनिक भवन शिलान्यास
कपन अनलाइन
काठमाण्डौ ,असार ३१।
बुढानिलकण्ठ नगरपालिका वडा नं १ को प्रशासनिक भवन शिलान्यास गरिएको छ। बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले आज एक कार्यक्रमका विच सो प्रशासनिक भवनको शिलान्यास गरेका हुन।
वडा नं १ को तौलुंग नजिक करिव २ रोपनी क्षेत्रफलमा निर्माण हुन् लागेको उक्त भवन शिलान्यास कार्यक्रममा नगर उपप्रमुख अनिता लामा ,प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछाने, नेकपा एमाले क्षेत्र नं ४ का संयोजक बिदुर विक्रम खड्का ,वडा नं २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ , वडा नं ९ की अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे ,वडा नं २ का पुर्व अध्यक्ष राजेन्द्र खड्का ,वडा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो।
वडा कार्यालयको कार्यसम्पादनलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि सो भवन निर्माण गर्न लागिएको जानकारी दिदै वडा नं १ का अध्यक्ष सुरेन्द्र लामाले १८ महिनाको अवधिमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बताएका छन।
२०७९/१/१९ गते सम्झौता भएर २०८० /६/१८ गते सम्पन्न गर्ने गरी नव सृजनशील कन्ट्रक्सन कम्पनिले निर्माण सुरु गरिएको सो भवनको लागत १ करोड ५८ लाख ७९ हजार ५६ रुपैया रहेको छ।