के बुढानिलकण्ठ नगर प्रमुख उद्धव प्रसाद खरेलले “गफ” मै बिताए पाँच वर्ष ?

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २५।/विकल सापकोटा 

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा निकै तातेको रानजीतिक माहोलमा अहिले आरोप ,प्रत्यारोप,गुनासा र मुद्दाहरुका वारेमा पनि व्यापक चर्चा सुरु भएको छ।

निर्वाचन सम्मुख हुँदा अहिले बुढानिलकण्ठ नगरपालिकामा पनि जनप्रतिनिधि विरुद्ध विभिन्न किसिमका हल्ला र राजनीतिक मुद्दाहरु उठाएर मुद्दा ,ब्यतित्व र चरित्र माथि नै हिलो छ्याप्ने क्रम निकै तीव्र बनेको छ।

यस्तै गलत प्रचारको निशाना परेका छन बुढानिलकण्ठ नगरपालिकाका प्रमूख उद्दव प्रसाद खरेल। बुढानिलकण्ठ नगरपालिकाको प्रमुखका रुपमा २०७४ साल जेष्ठ १० गते पदभार ग्रहण गरे संगै खरेलका विरुद्ध सुनियोजित र योजना बद्ध रुपमा सुरु भएको गलत प्रचारको शृंखला अहिले निर्वाचनको मुखमा  झनै तीव्र बनेको छ।

के बुढानिलकण्ठ नगर प्रमुख उद्धव प्रसाद खरेलले गफ मै बिताए पाँच वर्ष ? अहिले यो प्रश्नलाई मुख्य केन्द्रमा राखेर उनि  विरुद्ध गलत प्रचारको अभियान नै चलेको देखिन्छ। अहिले चलाइएको चर्चा र विषयको प्रकृति हेर्दा  खरेल विपक्षी सहित कतिपय आफ्नै  पार्टीका नेता तथा कार्यकर्ताहरुको निसानामा परेको देखिन्छ।

पाँच वर्ष सम्म प्रतिपक्षी दललाई निकै समन्वय र सन्तुलनमा राख्न सफल खरेलका विरुद्ध अहिले वडा वडामा भएका केहि गलत अभ्यास र तथ्यहरुलाई जोडेर पुरै असफल बनेको मनोभावना निर्माण गर्न खोजिएको एक वडा अध्यक्ष बताउछन।

नगरपालिकाका कर्मचारीहरुका कुसासनलाई सिधै आक्रमण गरेका खरेलका विरुद्ध चौतर्फी प्रहार हुनुमा उनले सुशासन र जनताको हितमा लिएको अडान कारक रहेको ति वडा अध्यक्षको बुझाई रहेको छ।

करिव १६ वर्ष स्थायी शिक्षणमा बिताएका खरेलले आफ्नो व्यक्तिगत हित नहेरी पार्टीको निर्देशन सिरोपर गर्दै २०५४ सालमा साविक चपली गाविसको अध्यक्षमा निर्वाचित भए संगै निरन्तर र अनवरत रुपमा गरेको जनसेवाको अबमुल्यन हुनेगरी गरिएका प्रचारका प्रकृति हेर्दा राजनीतिक फण्डा ,ब्यतिगत रिस र द्वेष बाहेक केहि नरहेको नेकपा एमाले बुढानिलकण्ठका एक नेता बताउछन।

पार्टीको तल्लो तह देखि प्रदेस कमिटी सम्म खरेलले गरेको राजनीतिक यात्रा र अव्यवस्था र अस्तव्यस्ततामा रहेको नगरपालिकालाई व्यवस्थित र विकसित नगरपालिका बनाउन गरेको प्रयास ढाक्ने गरी चलाइएका हल्लाहरुको कुनै अर्थ नहुने एक कार्यपालिका सदस्य बताउछिन।

अव प्रवेस गरौ जवरजस्त रुपमा नगरपालिकामा स्थापित गर्न खोजिएको आरोपका वारेमा जसमा भनिएको छ पाँच वर्ष सम्म उद्दव प्रसाद खरेलले गफ मै बिताए।

शैक्षिक पृष्ठभूमि र निरन्तर नेतृत्वमा रहेका कारण खरेल अन्य जनप्रतिनिधि भन्दा धेरै पक्कै बोल्ने गरेका छन। जुनसुकै विषय आउँदा पनि बोल्ने बानीका कारण उनका विरुद्ध प्रचार गर्ने मसला आलोचक र असन्तुस्टहरुले पाए पनि उनले बोलेको मात्र हैन भन्ने कुरा तलका केहि मुख्य विषयहरुले देखाउछ।

के के मुख्य र दुरगामी महत्वका काम भए प्रमुख खरेलको नेतृत्वमा ?  

भाडाको घरमा निकै कस्टपूर्ण रुपमा कार्यसम्पादन सुरु गरेका नगर प्रमुख खरेलले पहिलो प्राथमिकतामा राखेर नगरपालिका भवन निर्माण सम्पन्न गरेर आफ्नै कार्यालयमा सर्ने पहिलो चरणको नगरपालिकाका रुपमा स्थापित गरेका थिए।

नगर प्रमुख खरेल र उनको टिमले पाँच वर्षमा सम्पन्न गरेका केहि मुख्य कामहरुका वारेमा यहाँ चर्चा गरिएको छ।

१. पूर्वाधार विकास 

विगतको पाँच वर्षमा बुढानिलकण्ठ नगरपालिकाले पूर्वाधार विकासमा निकै फड्को मारेको छ। सम्झौता भएर त्यसै अल्झिरहेका दर्जनौ योजनाहरुका वारेमा निरन्तर चासो र पहल गरेका खरेलको नेतृत्वमा नगरपालिकामा हालसम्म १३३ किलिमितर सडक पक्कि ,विस्तार र मर्मत मात्र भएको छैन नगर चक्रपथको कम पनि करिव अन्तिम चरणमा पुगेको छ। जसमा ६५.६ कि.मि. नगरपालिकाले आफै गरेको हो भने ६७ कि.मि. सडकको लागि प्रदेश र केन्द्र सरकारले सहयोग गरेको थियो ।

काठमाण्डौ उपत्यकाको केन्द्र भाग बाट करिव ३० मिनेटको समयमा बुढानिलकण्ठको सिरान सम्म पुग्ने सडक पूर्वाधार विकास भएको छ भने टोखा र गोकर्णेश्वर नगरपालिका जोड्ने सडकहरु अहिले “भाइरल रोड”का रुपमा चर्चित समेत रहेका छन।

गएको पाँच वर्षमा करिव २ दर्जन विद्यालय भवन निर्माण भएका छन भने ३९ वटा पार्क मध्ये २३ वटा निर्माण सम्पन्न भएका छन भने अन्य निर्माणको चरणमा रहेका छन।

जगडोल देखि सापाटार हुदै कौडोल गाम्चा सड़क,आकाशेधारा-साप्रेढुङ्गा मानवहादुर मार्ग सडक,गणेश मा.वि. हुँदै चुनिखेल जाने सडक ,मान बहादुर मार्ग-धोबीखोला करिडोर हुदै चुनिखेल र कपन जोड्ने सडक,कपन साततले देखि आकाशेधारा-साप्रेढुङ्गा मानवहादुर मार्ग,चुनिखेल वडा कार्यालयवाट सापाटार,चपली घुम्तीवाट पासीकोट र वडा नं. ६ दक्षिण लुडेखोला सडक ,साप्रेढुङ्गा (वडा ८ सुन्दरवस्ती) विद्युतको टावर हुदै वडा नं २ सवस्टेशन भंगाल सम्मको सडक आदि पूर्वाधार विकासका उदाहरण रहेका छन।

यी सडक संगै धुलोराहित बुढानिलकण्ठ निर्माणको अभियान अन्तर्गत वडा स्तरीय योजनामा हरेक गल्लि र बस्ति सम्म सडक पूर्वाधार पुर्याइएको छ।

सडक संगै संघ संस्थाहरुको व्यवस्थित र संस्थागत विकासका लागि धेरै सामुदायिक भवनहरुको निर्माण भएको छ। सिप विकास केन्द्र वडा नं ८ ,पानचोक सामुदायिक भवन वडा नं ७,मन्दिर सहित सामुदायिक भवन वडा नं ५ ,महादेव स्थान जेष्ठ नागरिक भवन र हाल वडा कार्यालय रहेको क्रियापुत्री भवन वडा नं २ , स्वास्थ्य केन्द्रहरु सहित दर्जनौ भवन निर्माण सम्पन्न भएका छन भने केहि वडा कार्यालय आफ्नै भवनमा सर्नुका साथैचार वटा भवन निर्माणाधीन रहेका छन।

२.धोवीखोला कोरिडोरको सकस र नगर प्रमुख खरेलको प्रयास 

बुढानिलकण्ठ नगरपालिकाको दक्षिण भागमा रहेको पाथिभरा बस्तीका कारण लामो समय सम्म अवरुद्ध बनेको धोवीखोला कोरिडोरको समस्या निकै पेचिलो बनेको थियो।

धेरै सांसद , जनप्रतिनिधि र नेताहरुले बेला बेला गएर फोटो सेसन गरे पनि त्यहाँक अक्रिव २७ घर धुरीको व्यवस्थापन गर्न सकेका थिएनन। त्यहा रहेका जनताको बास उठाउनु पर्ने र अन्तै व्यवस्थापन गर्नुपर्ने ठुलो चुनौतीलाई सहर्ष स्वीकार गर्दै नगर प्रमुख खरेलले बस्ति स्थानान्तरण गर्दै वडा नं २ सुन्दर टारमा व्यवस्थापन गर्न सफल भएका थिए। जसका कारण अहिले बुढानिलकण्ठको लाइफ लाइन सडकका रुपमा रहेको धोवीखोला कोरिडोरमा नगर वासीका सवारीहरु चलिरहेका छन।

सो काम सम्पन्न गर्न श्रोत व्यवस्थापन, स्थानीय समस्या समाधान र जनताको हितमा निर्णय गर्दै ठुलो गाँठो फुकाएका नगर प्रमुख खरेलले सो कोरिडोरलाई धोवीखोलाको मुहान धोवी ढुंगा सम्म पुर्याउने प्रतिवादत्ता समेत व्यक्त गर्दै आएका छन।

३. स्वास्थ्य ,पर्यटन र शिक्षा 

विगतको पाँच वर्षमा बुढानिलकण्ठ नगरपालिकाको स्वास्थ्य ,पर्यटन र शिक्षाको क्षेत्रमा पनि उल्लेखनीय परिवर्तन आएको छ। बुढानिलकण्ठ नगर अस्पतालको स्थानान्तरण निकै चुनौतिपूर्ण रहेको थियो।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ लोकेश्वर मन्दिर परिसरमा रहेको निकै अपायक स्थानमा लाखौ रुपैया हालेर जग निर्माण गरसकेको अवस्थामा त्यसलाई त्यहा बाट पायक र सुविधा सम्पन्न स्थानाम लैजान पहल गर्दा धेरै प्रमुख खरेलको आलोचना गरेका थिए। तर अहिले वडा नं १० मा विशाल भवन निर्माण भैरहेको अवस्थामा उनको त्यो वेलाको निर्णय उचित र सहि रहेको चर्चा भैरहेको छ।

अवको केहि महिनामा नै बुढानिलकण्ठ नगर अस्पतालको भवन उदघाटन हुनेछ भने अहिले पनि बहिरंग लगायतका सेवा सुचारु रहेका छन।

त्यस्तै पुर्व शिक्षक खरेलको नेतृत्वमा नगरमा रहेका तिन सामुदायिक क्याम्पस सहित १९ वटै सार्वजनिक विद्यालयको पूर्वाधार विकास र शैक्षिक उन्नयनमा धेरै कामहरु भएका छन।

त्यस्तै बुढानिलकण्ठ नगरपालिकाको पर्यटन विकासमा पनि धेरै महत्वपूर्ण कामहरु भएका छन। सामुदायिक बनको सदुपयोग , ति स्थान सम्म पुग्ने पूर्वाधार र प्रचारात्मक प्रवर्धनले गर्दा अहिले बुढानिलकण्ठमा पर्यटकको आगमन निकै बढेको छ भने यसले चिसेनी ,तारेभिर , डाँडागाउँ,जगडोल ,पन्चकन्या , तौलुंग जस्ता दर्जनौ स्थानको मुहार फेरिएको छ।

४.  सामाजिक विकास, शशक्तिकरण र श्रोतको परिचालन

विगतको पाँच वर्षलाई फर्केर हेर्दा बुढानिलकण्ठ नगरपालिकामा सामाजिक विकासका लागि धेरै रचनात्मक र जन हितकारी कामहरु भएका देखिन्छन।

एकल महिला सहायता कोष ,रेडक्रसको पूर्वाधार विकास , जेष्ठ नागरिकहरुको लागि विशेष कार्यक्रम , महिला शशक्तिकरण र युवाहरुको वृति विकासमा नगरपालिकाले धेरै कार्यक्रम र योजनाहरुको सफल कार्यन्वयन गरेको छ।

नगरपालिकाले तालिम व्यवस्थापन तथा सिप विकास समिती बनाएर क्षेमता अभिवृद्धि र रोजगारमूलक कामलाई प्राथमिकतामा राखेको छ जसको उदाहरण नगरपालिकाका महिला समुहहरुले उत्पादन गरेका बेकरी ,खादा ,जुत्ता ,अचार,कपडा जस्ता बस्तुहरुमा प्रस्ट देख्न सकिन्छ।

५. कोरोना प्रकोप विरुद्ध सफल अभियान 

बुढानिलकण्ठ नगरपालिका काठमाण्डौ जिल्लामा महानगर पछी सबैभन्दा धेरै जनशंख्या र मतदाता भएको नगरपालिका हो। ठुलो जनशंख्यालाई ब्यवस्तित रुपमा खोप ,सचेतना र सुरक्षामा प्रमुख खरेलको टिमले निर्वाह गरेको भूमिका निकै महत्वपूर्ण रहेको देखिन्छ।

आफै दुई पटक संक्रमणको आक्रमणमा परेका प्रमुख खरेलको नेतृत्वमा रहेका जनप्रतिनिधि र कर्मचारीहरुले कठिन समयमा निकै सफलता पुर्वक आफ्नो जिम्मेवारी पुरा गरेको भन्दै नगरवासीहरुले प्रसंशा समेत गर्दै आएका छन।

कोभिडको समयमा स्थानीय अनुभवी स्वास्थ्य क्षेत्रका बिज्ञ नगरवासीलाई परिचालनमा पनि प्रमुख खरेलको महत्वपूर्ण भूमिका रहेको थियो। सो समयमा राजनीति ,दल र विचार भन्दा माथि उठेर मानवीय सेवामा खरेलको टिमले देखाएको सक्रियता निकै प्रसंशायोग्य रहेको एक बुद्दिजीवी बताउछन।

यी माथिका मुख्य कामहरु संगै बुढानिलकण्ठमा विभिन्न संघ संस्था र निकायहरुबाट पनि सयौ कामहरु भएका छनभने केहि योजनाहरु अधुरा पनि रहेका छन।

कवी हृदय भएका नगरप्रमुख खरेलको अधुरा सपना मध्ये एक रहेको छ “सृजना ग्राम ” जुन डीपीआर निर्माण भएर सामुदायिक बनको अवरोधका कारण अधुरो बनेको छ।

त्यस्तै जग्गा व्यवस्थापनको अनुमति नपाउंदा नगर बसपार्क ,फोहोरमैला व्यवसथापन केन्द्र ,राजनीतिक द्वन्दका कारण अलपत्र परेको सुवर्ण शमशेर क्रिकेट  मैदान जस्ता योजनाहरु पुरा हुन् सकेका छैनन।

अन्तमा   नगर प्रमुख उद्धव प्रसाद खरेलले गफ मै बिताए पाँच वर्ष ? भन्ने विषयमा तपाइको के टिप्पणी छ भनेर कपन अनलाइनले गरेको प्रश्नमा प्रमुख खरेलले नागरिक संग गरेको संवादलाई गफ ठान्नेहरु आफै जनविरोधी रहेको टिप्पणी गरेका छन ।

जनता संग गफ नगर्नेले कसरि उनीहरुको समस्या ,दुख र वास्तविक आवस्यकता बुझ्छ ? खरेलले उल्टै हामीलाई प्रश्न गरे। क्रमस :

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।