क्यान्सर रोगको सचेतनाका लागि साइकल यात्रामा निक्लिएका धुर्ब हुमागाईलाइ बिदाइ

क्यान्सर रोगको सचेतनाका लागि साइकल यात्रामा निक्लिएका धुर्ब हुमागाईलाइ बिदाइ

कपन अनलाइन

काठमाडौँ, चैत्र ५ । क्यान्सर रोगको सचेतनाका लागि साइकल यात्रामा निक्लिएका धुर्ब हुमागाईलाइ बिदाइ गरिएको छ ।क्यान्सर रोगका चेतना जगाउने उदेश्य सहित गोकर्णेश्वर नगरपालिका वडा नं ५ बाट चितवनको भरतपुर क्यान्सर अस्पताल सम्म साइकल यात्रामा निक्लिएका हुमागाईलाइ आज एक कार्यक्रमका बीच पूर्व बागमती प्रदेश मन्त्री रामेश्वर फुयाल, बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा नगरपालिका प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ती नेपाल गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं  ८ का अध्यक्ष मनोज ढुंगाना, वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ६का वडा अध्यक्ष रमेश अर्याल लगायतले शुभकामना सहित बिदाइ गरेका हुन।

क्यान्सर यस्तो रोग हो, जसको प्रभाव शरीरमा छ/छैन भन्ने विषयमा बिरामीलाई हतपत जानकारी हुँदैन। यो रोग लाग्यो भने सितिमिती निको हुँदैन भन्ने अर्को गलत बुझाइ पनि समाजमा व्याप्त छ। वास्तविकता योभन्दा फरक छ। अर्थात् क्यान्सर रोग निको हुन्छ र निको भएपछि सम्बन्धित व्यक्ति अन्यसरह फूर्तिलो भएर बाँच्न सक्छ। तर रोग लागेर उपचार गर्नुभन्दा लाग्नै नदिनु उत्तम उपाय हो भन्ने हेक्का सबैले राख्नुपर्छ। हरेक नागरिकले क्यान्सर रोगलाई आमन्त्रण गर्ने क्रियाकलापबाट टाढा रहने उपाय अपनाउने हो भने मुलुकबाटै यो रोगलाई निर्मूल पार्न सकिन्छ।

तपाइँको प्रतिक्रिया ।