नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड पारित गर्यो
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १ ।
नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड पारित गरेको छ ।
केन्द्रीय सचिवालयको मंगलबार साँझ बसेको बैठकले वडाध्यक्ष र सदस्यहरुको सिफारिस वडा कमिटीबाट गर्ने र जिल्ला कमिटीले टिकटको निर्णय गर्ने विधि तय गरेको छ ।
विगतमा जस्तै गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको सिफारिस जिल्ला कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने गुरुङले जानकारी दिएका छन ।
त्यस्तै केन्द्रबाट दिइने महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उप प्रमुख टिकटको सिफारिस जिल्ला र प्रदेश कमिटीले गर्नेछन् ।
तपाइँको प्रतिक्रिया ।