गोकर्णेश्वर नगरपालिका वडा नं २ मा नव निर्मित नयाँपाटी स्वास्थ्य चौकी भवन उद्घाटन

गोकर्णेश्वर नगरपालिका वडा नं २ मा नव निर्मित नयाँपाटी स्वास्थ्य चौकी भवन उद्घाटन

कपन अनलाइन

काठमाडौँ, फाल्गुन ३०। गोकर्णेश्वर नगरपालिका वडा नं २ मा नव निर्मित नयाँपाटी स्वास्थ्य चौकी उद्घाटन गरिएको छ। नगरपालिकाको आर्थिक सहयोगमा करिब १ करोड ६५ लाख रुपैयाको लागतमा निर्माण गरिएको उक्त स्वास्थ्य चौकी भवनको शनिबार एक कार्यक्रमका बीच गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले रिबन काटी उद्घाटन गरेका हुन ।

वडा अध्यक्ष कृष्ण बहादुर पण्डित क्षेत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा नगरपालिका उप प्रमुख शान्ती नेपाल, नगर प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, वडा नं १ का वडा अध्यक्ष राम मानन्धर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल , नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय, वडा सदस्यहरु, कर्मचारी, स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयंसेविकाहरु लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको कार्यक्रम संचालन कर्मचारी केदार नेपालले गरेका थिए।

कार्यक्रममा बोल्दै नगर प्रमुख सन्तोष चालिसेले स्वास्थ्य क्षेत्रको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउँदै हरेक वडामा एक स्वास्थ्य चौकी स्थापना गर्ने नगरपालिकाको अभियान अनुसार सबै वडामा स्वास्थ्य चौकी निर्माण गरिएको जानकारी गराए । उनले नवनिर्मित स्वास्थ्य चौकी भवन नगरपालिका भित्रको सबैभन्दा ठुलो स्वास्थ्य चौकी भएको उल्लेख गरेका थिए ।कार्यक्रममा  नगर प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना,  नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल वडा सदस्य माया तामाङ, वडा सदस्य सरस्वती सुनार  लगायतले शुभकामना मन्तब्य राखेको कार्यक्रममा वडा अध्यक्ष कृष्ण बहादुर पण्डित क्षेत्रीले धन्यबाद ज्ञापन गर्दै वडाले शिक्षा स्वास्थ्य खानेपानीमा धेरै काम गरेको जानकारी गराएका थिए।कार्यक्रममा भवन निर्माणमा सहयोगगर्ने ब्यक्ति तथा संस्थाहरुलाई सम्मान गरीएको थियो ।

तपाइँको प्रतिक्रिया ।