नेकपा एसलाई बुढानिलकण्ठ एमाले उपाध्यक्षको प्रश्न,”कुन एजेण्डामा मत माग्नु हुन्छ ?”
कपन अनलाइन
काठमाण्डौ ,फागुन ३०।
नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका उपाध्यक्ष शम्भु प्रसाद भट्टराईले “कुन एजेण्डामा मत माग्नु हुन्छ ?” भन्दै नेकपा एकीकृत समाजवादीलाई प्रश्न गरेका छन।
नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १२ कमिटीको आयोजनामा भएको टोल कमिटी कार्यक्रममा बोल्दै भट्टराईले अहिले नेकपा एस संग एमालेलाई गाली गर्नु बाहेक अन्य कुनै एजेण्डा नरहेको भन्दै पुन एमालेमै फर्किन वडामा रहेका नेकपा एस =का नेता तथा कार्यकर्ताहरुलाई आव्हान गरेका थिए।
वडा सदस्य पुरुषोत्तम नेपाल प्रति संकेत गर्दै हिजोका दिनमा एकै चिन्ह र मुद्दामा निर्वाचन जितेका कतिपय साथीहरु अहिले बाटो बिराएर अन्तै लाग्नु राम्रो कुरा नभएको बताउदै भट्टराईले वास्तविक आफ्नै वास्तविक घर फर्किन समेत आग्रह गरेका थिए।
त्यस्तै वडा नं १२ का केहि पुराना र अनुभवी नेताहरु समेत भ्रममा परेर अहिले गलत मार्ग समाएकोमा दुख व्यक्त गर्दै उपाध्यक्ष भट्टराईले उनीहरुलाई नेकपा एमालेमा स्वागत गर्न तयार रहेको बताएका छन।
२०७४ सालको स्थानीय निर्वाचनमा विजयी भए पश्चात वडा नं १२ मा भएका कामहरुका वारेमा जानकारी दिदै वडा नं १२ का अध्यक्ष समेत रहेका भट्टराईले नगर कमिटीका भावी योजना तथा कार्यक्रमहरुका वारेमा जानकारी दिएका थिए।