ज्ञान चक्षु इङ्ग्लिस स्कुल बुढानिलकण्ठ-७ को २० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

ज्ञान चक्षु इङ्ग्लिस स्कुल बुढानिलकण्ठ-७ को २० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,माघ २३।

ज्ञान चक्षु इङ्ग्लिस स्कुल बुढानिलकण्ठ -७ को  २०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाल रहेका थिए भने विद्यालयका  प्रमुख सल्लाहकार तथा लायन लिडर  अनन्त भेटुवाल, सल्लाहकार नारायणभाइ श्रेष्ठ, विशिष्ट अतिथि नेपालका अध्यक्ष सिद्धराज मिश्र तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कल्पना शर्मा सहभागी थिए।

त्यसैगरी, लायन्स क्लबका वर्तमान तथा पूर्व डिस्ट्रिक्ट गभर्नरहरू हिरा प्रसाद गुप्ता, रामशरण बस्नेत र कर्मा गुरुङ, कृषि विकास बैंकका महाप्रबन्धक जगदीश पन्थी, प्रभु बैंक शाखा प्रबन्धक निपेश घिमिरे, प्लाइउड उद्योगका अध्यक्ष होम प्रसाद घिमिरे लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक त् अन्य प्रस्तुतिहरु दिएका थिए।

तपाइँको प्रतिक्रिया ।