मेरो आँखामा मेरो देश: प्रकाश अधिकारी (कविता )

मेरो आँखामा मेरो देश: प्रकाश अधिकारी (कविता )

कपन अनलाइन

काठमाण्डौ ,माघ ११।

काठमाडौँ सहरका रहरहरू
तालु खुइलिएका
चिल्ला भित्ताहरूमा
बेहिसाब उभ्भिएका छन्
भरियाले भारी बिसाएर
खुइय सुस्केरा हाले जस्तो
लखतरान थाकेको
चिन्ता ग्रस्त प्रकृति
लुछिएको जस्तो , ताछिएको जस्तो
उराठ लाग्ने डाँडाहरू
मान्छे टाँसिएका भित्ताहरू
काठमाडौँको चेहेरा
समृद्धिको बाटोमा
एक खुड्किलो उक्लिएको छ
त्यही भ्रमको
खुसियाली मनाउँछ
स्थाननीय सरकार
मेरो आँखामा ।
त्यही बेला
यात्रामा निस्किएको म
अनि
मेरो अनुभूति
पूर्वी नेपालमा ठोक्किन्छ
बुधबारे ,बर्ने ,सुन्माई र सिङ्गो इलाम
मेरो आँखा अघि
कृषिको उपद्रो गरिरहेछ
आनन्दको चरम उत्कर्समा
सुपारी
चिया,अम्लिसो , अलैची,
अकबरे ,अोलन र अदुवा
सम्झिएर
हरिया डाँडाहरू
गौरबले मन ढक्क फुल्छ
यस्तै विकास
सिङ्गो देश हुन्थ्यो भने
परनिर्भरको पाटै हराउँथ्यो
दलाल मानसिकता
भ्रष्टचारको चुरो मरेर जान्थ्यो भने
समृद्धी हामी भित्रै हुन्थ्यो
उस्तै रहर लाग्दो हुन्थ्यो
मेरो देश
मेरो आँखामा ।
तपाइँको प्रतिक्रिया ।