नेपाली कांग्रेस गोकर्णेश्वर ८ को इकाई सभापतिमा ४ जना आकांक्षी
कपन अनलाइन
काठमाडौँ,असोज ५ । सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेस काठमाडौंको वडा अधिवेशन आज बाट शुरु हुने भएको छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौंको सदस्यता विवाद मिलेसँगै आज बाट वडा अधिबेसन शुरु हुन लागेको हो ।नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ८ इकाईको वडा अधिबेसन आज बिहान ९ बजे बाट ओसिस क्याफेमा हुने भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ८ को इकाई सभापतिमा ४ जना आकांक्षी देखिएका छन।
आज हुने अधिवेसनलाइ सर्वसम्मत बनाउन गरिएको प्रयास सफल नभए संगै ४ जनाले इकाई सभापतिको लागि प्रतिस्पर्धा गर्ने भएका छन । गोकर्णेश्वर नगरपालिका वडा नं ८ को इकाई सभापतिमा नन्दलाल श्रेष्ठ , राजेश दाहाल, , कृष्ण प्रसाद नेपाल र लक्ष्मण चौलागाईले प्रतिस्पर्धा गर्ने भएका हुन। १८०जना क्रियाशील सदस्यहरु रहेको वडा नं ८ मा यी ४ जना प्रतिस्पर्धी बीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।