कविता- एउटा पत्र मेरो बाबालाई
एउटा पत्र मेरो बाबालाई
म जन्मिए रे
आमा भन्नु हुन्छ
तपाईले नासो छोडेको
खोई तपाइलाई
तपाइकै नासो थाहा छैन
म पनि कति भाग्यमानि
मेरो जन्म दिन याद गर्न
मेरो आमालाई याद गर्न
एउटै मिती भए पुग्छ !!
मेरो भाग्यको पैलो पाना च्यातिएको बेला
म बग्रेल्ती सड़कमा आफ्नो नियति खोज्दै छु,
मैले जति धेरै सुख कस्ले भोगेको होला
म अनि मैले यो महानगरमा पाइला टेकेदेखि
मेरो नजरमा परेका जति सबथोक भोगेको छु
म नै ब्रह्मा म नै बिष्णु !
मेरो भाग्य मैले आफै कोरेको छु
मलाई कामको कुनै खाँचो छैन
जसको पनि प्यारो भएको छु
‘ बाबा बाबा मलाई ….त्यों के हो ? …झण्डै बुंगा भाको मेरो छो-….’
दरिलो अनि न्यानो मायालु काखमा
म जस्तै सानो बालक,
म टोलाउछु मेरो पनि बाबा हुनु हुन्छ !
कसैले धका दिन्छ म भुई मा बजारिन्छु
बाबा….अनायसै मुख बाट निस्कन्छ !!
म माइक्रोमा सुन्छु शिवजीको पनि कोही बाबा थिएन
खुसी लाग्छ, र त म जस्तै गरीब रैछन्
उनको र मेरो बाश पनि उस्तै म खुसी भाको छु !!