तपाइले बढी दबाब दिन मिल्दैन, बामदेवले प्रचण्डलाई भनेपछि आजको बैठक सकियो

काठमाडौं, फागुन २३- दलहरुबीच चिसिएको संबन्ध सुधारका लागि शनिवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक बार्ता तथा छलफललाई जारी राख्ने भन्दै टुंगिएको छ ।

15030718Untitled
आजको बैठकमा नेकपा एमालेका उपाध्यक्ष तथा गृहमन्त्री बामदेव गौतमले एनेकपा माओवादी अध्यक्ष तथा ३० दलीय गठबन्धनका संयोजक प्रचण्डले पहिचानसहितको संघीयतामा केही लचक हुन आग्रहको जबाफमा बामदेव गौतमले आफूहरु विपक्षीको आन्दोलनबाट डराएर वार्तामा नआएको र प्रचण्डलाई बढी दबाब दिन नमिल्ने भनेपछि टुंगिएको थियो ।

माघ ११ गते संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रस्ताव निर्माण समिति गठन गरेपछि दलहरुबीच बढेको दुरीले लामोसमयसम्म मुलुक अनिर्णयको बन्दी बनेपछि दलहरु पुन वार्तामा फर्किएका हुन् । सहमतिबाटै संविधान जारी गर्नुपर्ने अडान लिएर पहिलो चरणको आन्दोलन नै सकाएको प्रमुख प्रतिपक्ष दल एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धन र सरकारबीच शनिबार औपचारिक वार्ताले कुनै निर्णय नगरेपनि दलहरुबीचको अविश्वास कम भएको नेताहरुले प्रतिक्रिया दिएका छन् ।

शनिबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सहमतिबाटै संधिवान जारी गर्ने विषयमा छलफल भएपनि दलहरु आफ्नो अडानमा अडिग रहेका छन् । बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले सहमतिाबटै संविधान जारी गर्ने बताएका थिए । बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले संविधानका मुख्य विवादित विषयमध्ये शासकीय स्वरुपमा आफूहरु लचक बन्न सक्ने भन्दै संघीयताका विषमया कांग्रेस एमालेलाई केही लचकता अपनाउन आग्रह गरेको बैठकमा सहभागी खुम्बुवान राष्ट्रिय मोर्चाका सभासद आरके खुम्बुले जानकारी दिए ।

दाहालले शासकीय स्वरुपमा नोट अफ डिसेन्ट लेखेर सुधारीएको संसदीय व्यवस्था मान्न सकिने बताएका थिए । दाहालले संघीयताका विषयमा भने पहिचानसहितको संघीयतामा केही लचिलो हुन आग्रह गरेको खुम्बुले जनाए । दाहालले पहिचानसहितको संघीयतामा केही लचक हुन आग्रह गरेपछि एमाले उपाध्यक्षसमेत रहेको उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले आफूहरु विपक्षीको आन्दोलनबाट डराएर वार्तामा नआएको जवाफ दिएका थिए ।

उनले- तपाईले बढी दबाब दिन मिल्दैन, गौतमको भनाइ उद्धृत गर्दै सहभागी एक नेताले भने- हामी तपाईहरुको आन्दोलनबाट डराएर वार्तामा आएका होइनौं । गौततको उक्त अभिव्यक्तिपछि अर्को बैठकको मिति तय गर्ने जिम्मा प्रधानमन्त्री र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई दिएर बैठक सकिएको थियो । बैठकको अधिकांश समय एमाले अध्यक्ष केपी ओलीलाई कुर्दै सकिएको थियो ।

सुरुमा ओली केही समय पछि आउने जनाएका थिए भने अन्तिम अवस्थामा स्वास्थ्यमा समस्या आयो भन्दै ओली र उपाध्यक्ष विद्या भण्डारी बैठकमा अनुसस्थित भएका थिए । यसैगरी एमाओवादी नेता बाबुराम भट्टराईपनि राजधानी बाहिर रहेको भन्दै अनुपस्थित भएका थिए ।

प्रधानमन्त्री सुशील कोइरालाले दुई पटकसम्म औपचारिक आग्रह गरेपछि विपक्षी गठबन्धनले बिहीबार वार्तामा बस्ने औपचारिक निर्णय गरेको थियो । ३० दलिय गठबन्धनकोे निर्णयसँगै सत्तापक्ष र विपक्षीबीच शनिवार औपचारिक वार्ता सुरु भएको हो । प्रधानमन्त्री निवासल बालुुवाटारमा जारी बैठकमा संविधानका विवादित विषयमा सहमतिको प्रयास गर्ने नेताहरुले बताएका छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार सत्तापक्षले संविधान जारी गर्नुपर्ने मितिसहित सहमति खोज्नुपर्ने अडान राखेका छन भने विपक्षी मोर्चाले भने संविधान जारी गर्ने मिति तोक्न नहुने अडान राखेका छन् । स्रोतका अनुसार सत्तापक्षले जेठ १५ मा संविधान जारी गर्ने गरी मिति प्रस्ताव गरेको छ ।

सत्तापक्ष पहिला संविधान जारी गर्ने मिति तय गर्नुपर्ने प्रस्ताव ल्याएको छ, बैठकमा सहभागी एक नेताले भने- तर हामीले अहिले नै मिति तोक्दा फेरि पनि त्यो मितिमा संधिवान जारी हुन नदिने विभिन्न खेल हुनसक्छ । त्यसैले मिति नतोकौं भन्ने प्रस्ताव गरेका छौं ।

स्रोतका अनुसार एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सबै विषय प्याकेजमा नै सहमति गर्नुपर्ने बैठकमा प्रस्ताव राखेका छन् । संविधानका विवादित विषयमा प्याकेजमा नै सहमति खोज्ने विषयमा आज छलफल भएको थियो एक नेताले जानकारी गराए ।

Bikasha

तपाइँको प्रतिक्रिया ।