डर-धाक देखाएर तहलगाउने समय गए- माधव नेपाल

डर-धाक देखाएर तहलगाउने समय गए- माधव नेपाल

काठमाडौं, फागुन २३- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादीलाई डर-धाक देखाएर अरु दलहरुलाई तहलगाउन सक्छु भन्ने विश्वास नपाल्न आग्रह गरेका छन् ।

madawakumar Nepal
शक्ति प्रदर्शन गर्ने, गालीगलौज गर्ने समय अब गएको बताउँदै पुर्व प्रधानमन्त्री नेपालले शक्ति प्रदर्शन गर्नेले पनि गरे, अब शक्ति प्रदर्शन गर्ने, एकअर्कालाई हप्काउने, गालीगलौज गर्ने, घुर्काउने, तर्साउने समय गयो, गम्भीर भएर जनचाहनाअनुसारको संविधान बनाउने बेला आएको भन्दै एनेकपा माओवादी लगायतका मधेशादी दलहरुलाई छलफल तथा बार्ताका आधारमा समस्याको सामाधान खोज्न आग्रह गरेका छन् ।

आज भक्तपुरको गठ्ठाघरस्थित सिभिएम सेकेन्डरी स्कुलको अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले नयाँ वर्षसँगै नयाँ सोच, नयाँ चिन्तनसँगै देशले निकास पाउने दाबी गरेका छन् ।

शुक्रबार एमाओवादी गठबन्धनसँग भएको छलफलमा सहमति गर्न सकारात्मक भएको बताउँदै उनले आजबाट बालुवाटारमा भएको वार्ताले सहमतिको ढोका खुल्ने विश्वास व्यक्त गरे ।

देश सङ्क्रमणमा गुज्रिएको वर्तमान अवस्थामा छिटो संविधान जारी गर्ने सबैको चाहना रहेको बताउँदै उनले माघ ८ टरेर गए पनि नयाँ वर्षको आगमनसँगै संविधान जारी हुने दाबी गरे ।

सङ्घीयताका विवादित विषयमा देशको भौगोलिक अखण्डता, जातीय एकतामा खलल नपुग्ने गरी जनताको चाहनालाई सम्बोधन गर्ने गरी यो विषयलाई टुङ्गोमा पुयाउनुपर्ने नेता नेपालले बताए । संविधान जारी गरेर देशलाई आर्थिक उन्नति र विकासमा लम्कनुपर्नेमा उनले जोड दिए ।
उता आजै प्रधानमन्त्री निवास बालुवाटारमा एमाओवादी लगायतका दलहरुबीच भएको बार्तामा नेता नेपाल उपस्थित थिएनन् । उनको अनुपस्थितीका बारेमा संचारकर्मीहरुले जिज्ञाशा रख्दा नेता नेपालले आजको बैठकमा आफूलाई आमन्त्रित नगरिएको जानकारी गराए ।

सत्तापक्ष नेपाली कांग्रेस, नेकपा एमाले र प्रतिपक्षी दलहरु एमाओवादी, मधेशी जनअधिकार फोरम नेपाल, मधेशी जनअधिकार फोरम नेपाल, तमलोपा लगायत दलका नेताहरु बैठकमा सामेल भएका थिए ।

तपाइँको प्रतिक्रिया ।