प्रदेस सभा सदस्य नरोत्तम वैद्य विरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता

कपन अनलाइन

काठमाण्डौ जेष्ठ २९।

बागमती प्रदेशका नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता गरिएको छ । आज (आइतबार) एमालेका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुर पुगेर मुद्दा दर्ता गराएका हुन् ।

सांसद वैद्यले प्रदेश सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै प्रधानमन्त्रीका लागि नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका थिए ।

चौतर्फी आलोचनापछि सांसद वैद्यले शनिबार प्रदेश सभामै आत्मालोचना गर्दै माफी मागिसकेका छन् । तर वैद्यलाई फौजदारी कसुरमा मुद्दा चलाई कारवाही गर्न मागसहित मुद्दा दर्ता भएको छ ।

वैद्यले संविधान धारा १८७ को अधिनमा रही प्रदेशसभामा पूर्ण वाक स्वतन्त्रताको प्रयोग गरेकाले मुद्दा दर्ता हुन नसक्ने बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।