टोखा चंडेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको अध्यक्षमा दिपेन्द्र श्रेष्ठ नियुक्त
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ७।
टोखा चंडेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको अध्यक्षमा दिपेन्द्र श्रेष्ठ नियुक्त भएका छन। बिहिबार बागमती प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।
बागमती प्रदेश सरकारको प्रादेशिक अस्पतालका रुपमा विस्तार भएको टोखा नगरपालिकाको टोखा चंडेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ५० शैयाको यो अस्पतालमा हाल आइसोलेशन सेन्टरपनि संचालनमा रहेको छ।
टोखा नगरपालिकाको सांस्कृतिक र सामाजिक प्रवर्धनमा विभिन्न संघ संस्था मार्फत सक्रिय रहेका श्रेष्ठले टोखा नगरपालिकाको स्वास्थ्य सेवाको क्षेत्रमा जिम्मेवारी पाएका छन ।
तपाइँको प्रतिक्रिया ।