उपहास : छायादत्त न्यौपाने (कविता )

उपहास : छायादत्त न्यौपाने (कविता )

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २२ ।

विद्रुप मान्छे
लथालिङ्ग यो जीवनशैली
भत्केको सौन्दर्य
मान्छे हराएको मान्छे

ध्वाँसिएको विचार
मियो उखेलेर दाइँ
दाउपेचमा स्वास्थ्य
उध्रेको धरातलमा शिक्षा

सुस्त मनस्थिति
कर्तव्यच्युत छ न्यायालय
लुटिन्छ स्वाभिमान
अंशबन्डामा व्यस्त सन्तान

च्यात्तिएको धरो
भित्रबाहिर दुवैतिर ह्वाङ
स्वदेशको शक्ति
परदेशलाई पसिनाको सिंचाइ

लापरबाह कारिन्दा
पारिको खटनले बाँच्छ
धनको मात
स्वार्थमा राजनीतिक जात

पाइलैपिच्छे प्रदूषण
अनधिकृत आयमा राल
बिथोलेर अनुशासन
रमाउँछ कानुनी प्वालमा

दरिद्र मान्छे
चपाइरहन्छ मानवीय संवेदना
बालेन बत्ती
उपहासले उडायो जनमत !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।