यो देश : पवनकुमार बुढाथोकी (कविता )

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २२ ।

यो देश सबैका लागि
एकनास भएन
बाठालाई राज्य समेत
सहयोग गर्दछ
सिधासाधालाई दूःख पर्दा
राज्यको पटक्कै सहानुभूति
समेत गएन
जे अन्त भैरहेको छ
हुनु पर्ने हो
सचेतले बुझ्नु पर्ने हो
बुझे जस्तो गरे पनि
व्यबहारमा त
लागुनै भएन
टाठाबाठाको नजर
भएका श्रोत, साधन र अवसर
आफ्नो पक्षमा ल्याउनु
बाहेक
जानू पर्ने ठाँउमा त
जाँदै गएन
बठ्याँई गर्ने सक्ने महानुभाबका
स्वार्थका लागि
तीन लोक चौध भूवन जुटे पनि
दुर दराजका पेट भरि खान नपाई
ढलेर मर्दा समेत
लास पनि उठेन
त्यसैले नै त हो
केहिका तालुमा आलु फले पनि
कसैलाई झण्डामा
कसैलाई डण्डामा
अल्मलाए पनि
निमुखाको दिनचैँ
उज्यालो ..
हुँदै भए न !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।