गजल : अनिता भण्डारी पौडेल

कपन अनलाइन

काठमाडौं ,माघ १८ ।

तरंगित बनाउने आवाजहरु कता गए होलान
मनमा थिए कति कुराहरु मनमै रहे होलान

नसोध्नु तिमी जूनसंग जुनकिरीका कुराहरु
पिलपिल बत्ति बाल्दा पनि मनमा भय होलान

हरियाली रुख बिरुवा हेर्दा कति सुन्दर मनमोहक
के थाहातिनले पनिकति घामपानी सहे होलान

साचेर राखेको यौबन र पोको पारीएका सपनाहरु
सम्झनामा हुदाहुदै बिस्तारै सेलाएर गएहोलान

अतितका कुरा सोधेर केहि फाइदा छैन कसैको
सम्झिदा पनि मनमा ठुलै हलचल प्रलय होलान ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।