कागेश्वरी मनोहरा नगरपालिकाको २०७७ श्रावण १ गते देखि पौष २९ गते सम्मको आम्दानी र खर्च बिवरण सार्वजनिक

कपन अनलाइन

काठमाडौँ, पौष ५ । कागेश्वरी मनोहरा नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को २०७७ श्रावण १ गते देखि पौष २९ गते सम्म भएको आम्दानी र खर्च बिवरण नगर प्रमुख कृष्णहरि थापाले आफ्नो  सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका छन।  उनका अनुसार कागेश्वरी मनोहरा नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को २०७७ श्रावण १ गते देखि पौष २९ गतेसम्मको जम्मा आम्दानी  ९८ करोड ९० लाख ५७ हजार ६ सय ८४ पैसा रहेको जानकारी गराएका छन। त्यसै गरि जम्मा चालु खर्च तर्फा १६ करोड ३८ लाख ११ हजार ६ सय ९३ पैसा ६० रहेको र प्रगति ३७.७२ प्रतिशत रहेको जानकारी गराएका छन।

उनले जम्मा पुजिगत खर्चमा २४ करोड ४५ लाख ८० हजार १ सय ७९ पैसा ३६ रहेको जसको  प्रगती १९.८६ प्रतिशत रहेको उल्लेख गरेका छन। त्यसैगरि उनले  हाल सम्म जम्मा खर्च – ४० करोड ८३ लाख ९१ लाख ८ सय ७२पैसा ९६ रहेको जसमा नगत मौजात  ५८ करोड ०६ लाख ६५ हजार ७ सय ६२ पैसा ८८रहेको जानकारी गराएका छन।

तपाइँको प्रतिक्रिया ।