आउने चुनावमा ओखलढुंगाका कम्युनिस्टहरुको जमानत जफत गराई दिनेछौ : रामहरी खतिवडा
कपन अनलाइन
ओखलढुंगा ,माघ ५।
नेपाली काँग्रेस लिखु गाउँपालिका समितिले संसद विघटन, सर्वसत्तावाद र भ्रष्टचार विरूद्द लोकतान्त्रिक संबिधान रक्षका पक्षमा बिरोध सभा आयोजना गरेको छ ।
उक्त बिरोध सभामा पुर्व सांसद तथा नेपाली काँग्रेसका नेता रामहरीले बैशाख १७ र २७ गतेको निर्वाचन मिती जनताहरुलाई झुक्यउनलाई घोषणा गरेको आरोप लगाउदै साची नै चुनाव गरेर देखाऊ ओखालढुङाबाट कम्युनिस्टहरुको जमानत जफत गराई दिने घोषणा गरेका छन ।
चुनावको वेलामै यो गठबन्दन चोयाको भएकोले चुडीएर जाने हो भनेको कुरा सत्य भएको बताउदै उनले २०७० मा संबिधान बनाउन भनेर पठाउदा आफ्नो कर्तब्य राम्रो संग पुरा गरेको दावी गरेका छन् ।
२०७४ मा अरुलाई जिताएर पठायौ २ बर्ष पछी आँफै बिघटन गरेर देशलाई फेरी अस्थिरता तिर लगेको भन्दै नेपाली काङ्रेसले कहिल्यै पनि ढाटेर राजनीति नगरेको समेत बताएका छन ।
त्यस्तै नेपाली कांग्रेस ओखालढुङा जिल्ला पार्टी सभापति प्रदिप कुमार सुनुवार कम्युनिस्ट नभएर कमाउनिस्ट भएको आरोप लगाउदै दुई तिहाइको सरकार के पि ओली र राष्ट्रपति विद्या भण्डारीले समेत् मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको र अझै उल्टो आफु असुरक्षित भएको अभिब्यक्ति दिनु रा लाजमर्दो भएको धारणा राखेका थिए ।