टोखा नगरपालिकाको आइसोलेसन केन्द्रवाट आमा छोरी कोरोनालाई जितेर घर फर्के

कपन अनलाइन

काठमाडौं ,पुस १ /नविना श्रेष्ठ

टोखा नगरपालिकाको नगर आइसोलेसन केन्द्रवाट आमा छोरी नै कोरोना लाई जितेर मंसिर २९ गते घर फर्केका छन्।२०७७ साल भाद्र ७ गते देखि सुचारु भएको नगर आइसोलेसनमा २ जना कोरोना संक्रमित भर्ना भएपछि सेवा सुरू गरीएको र मंसिर २९ गते अन्तिम समयमा पनि २ जना लाई सुखिको अन्तिम बिदाइ गरीएको थियाे।

प्राथमिक सेवा र प्रशुती सेवा लाई थप्प राखी कोभिड-१९ कोरोना भाइरस लाई आन्ते गर्नै पर्छ भन्ने उद्देश्यले कार्यपालिकाकाे बैठक बाट नगर आइसोलेसन संचालन गरिने निर्णय गरीएको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले बताएकी छिन्। आइसोलेसन वाड संचालन गर्दा आफूमा विभिन्न आरोपहरु आएटा पनि, धेरै कठिनाई भएता पनि टोखा नगरपालिकामा कोभिड-१९ को संक्रमित बढेपछि काठमाडौंको पहिलो आइसोलेसन वाड टोखा वडा नं २मा संचालन गरीएको उपप्रमुख डंगोलले बताए।

भाद्र ७ गते बाट सुरू भएकाे आइसोलेसनमा ४ महिनाको समय सम्म १५३जना लाई सेवा दिन सफल भएकोमा उपप्रमुख ज्ञान माया डंगोलले खुसी व्यक्त गर्नुभयो। काठमाडौंको पहिलो नगर आइसोलेसन संचालन सुरू देखि अन्तिम समय सम्म कोरोना भाइरस संक्रमण भएका संक्रमित हरुलाई राम्रो सेवा सुविधा दिन सफल भएकोमा आफूले मात्र गरेर भएको होइन, टोखा नगरपालिका वडा नं २ का सम्पूर्ण जनप्रतिनिधीहरुको साथ सहयोग र स्थस्थ्य कर्मिहरूको साथ सहयोग र टोखा नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरु, शुभचिन्तक, जिम्मेवारी व्यक्तिहरूको साथ सहयोग मायाले नै सफल भएकोमा सवैमा धन्यबाद व्यक्त गर्नुभयो। मंसिर २९ गते बाट नगर आइसोलेसनमा कोभिड-१९ का संक्रमितहरु शुन्य भएको छ। संक्रमण भएका संक्रमितहरु होम आइसोलेसनमा बस्न थाल्नु भएकोले अब आइसोलेसनमा आउनु हुनकी जस्तो लागेकोले अबका दिनहरुमा आइसोलेसनालाई पुर्न पहिलाकै सेवा सुविधा दिने योजना रहेको उपप्रमुख डंगोलले बताएकी छिन्। कोभिड-१९ कोरोना भाइरस संक्रमण कसैलाई नहोस्, यदि संक्रमण भएका संक्रमितहरु आइसोलेसनमा आउनचाहनु भयाे भने सेवा दिन आफूहरु तयार रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले बताएकी छन्।

कोरोना भाइरस संक्रमण भएका संक्रमितहरु कोही पनि आउनु भएन र संक्रमण कसैलाई नभएमा अबको १५ दिन पछि पहिलाकै प्राथमिक सेवा र प्रशुति सेवा सुचारु गर्ने जानकारी दिएकी छिन्। आइसोलेसन वाड सुरू देखि संक्रमण भएका संक्रमित हरूको सेवामा रातदिन नभनी आफ्नो घरपरिवारलाई छोडेर आफू आइसोलेसनमा बसि मंसिर २९ गते अन्तिम दिनसम्म सेवामा लागि रहनुभएका डा. मदन घत्न न्यौपानेले बताए।

नेपालको पहिलो आइसोलेसना वाड शुरुभएको बाँके जिल्लामा थियाे भने काठमाडौंको पहिलो आइसोलेसन वाड टोखा नगरपालिका वडा नं २ मा रहेको बताउनु भयो। संक्रमित बिरामीहरूको भनाइ अनुसार र अरू अस्पतालले भनेको अनुसार टोखा नगर आइसोलेसनमा सबैभन्दा राम्रो सेवा सुविधा बिरामीले पाएको र एक पटक संक्रमण भएर सेवा लिई घर फर्केका संक्रमित फेरि दोहोरिदा यही आइसोलेसानमा फर्केर आएको डा. न्यौपानेले बताए। कोभिड-१९ कोरोना भाइरस संक्रमण भएका आमा छोरी शर्मिला मानन्धर, रस्मी मानन्धर सुखिले घर फर्केका छन्। आमा छोरी दुवैलाई फूलको गुच्छा र खादा ओडाएर टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले र वडा नं २ का सदस्य पञ्चकुमारी श्रेष्ठ, लगाएत स्वस्थ्य कर्मीहरुले बिदाइ गरेका थिए।

तपाइँको प्रतिक्रिया ।