गोकर्णेश्वर नगरपालिका ८ मा नसर्ने रोग व्यवस्थापन कार्यक्रम /शहरी क्लिनिक उद्घाटन कार्यक्रमको मिति परिवर्तन बारे सूचना

गोकर्णेश्वर नगरपालिका ८ मा नसर्ने रोग व्यवस्थापन कार्यक्रम /शहरी क्लिनिक उद्घाटन कार्यक्रमको मिति परिवर्तन बारे सूचना

कपन अनलाइन

काठमाडौं फागुन ३० । गोकर्णेश्वर नगरपालिका वडा नं  ८मा नसर्ने रोग व्यवस्थापन कार्यक्रम शहरी क्लिनिक  चैत्र २ गते  उद्घाटन  हुने  भनिएको कार्यक्रमको मिति परिवर्तन  भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ८ ले आज एक सुचना जारी गर्दै मिति परिवर्तन भएको जानकारी गराएको हो ।

बागमती अंचल आयुर्बेद औषधालय काठमाडौँ नेपालको आयोजना तथा गोकर्णेश्वर नगरपालिका वडा नं ८ को सहायोजनामा नसर्ने रोग व्यवस्थापन कार्यक्रम/शहरी क्लिनिक अन्तर्गत प्रत्येक  महिना बाथ ,मधुमेह, अवुर्द ,मोटोपन उच्च रक्तचाप ,मृगौला, श्वास प्रश्वास जस्ता रोगहरुको  उपचार हुने जानकारी गराएको हो  ।

वडा अध्यक्ष मनोज कुमार ढुंगाना द्वारा हस्ताक्षरित उक्त सुचनामाचैत्र २ गते बिहान १० :३० बजे वडा कार्यलयमा उद्घाटन गर्ने भनिएको कार्यक्रम बिशेष कारण बश चैत्र ७ गते  गर्न लागिएको सार्वजनिक सूचना मार्फत जानकारी गराएको हो ।साथै  उक्त दिन सो  कार्यक्रममा सहभागी हुनको लागि पनि वडाले सार्वजनिक सुचना मार्फत समबन्धित सबैलाई अनुरोध गरेको छ।  साथै वडाले यस पार्टी पर्न गएको असुविधा पार्टी क्षमा समेत मागेको छ ।

तपाइँको प्रतिक्रिया ।