गोकर्णेश्वर नगरपालिकाले मेरुदण्ड पक्षघात भइ अपांगता भएका बिद्यार्थीहरुको लागि दैनिक रुपमा आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण

गोकर्णेश्वर नगरपालिकाले मेरुदण्ड पक्षघात भइ अपांगता भएका बिद्यार्थीहरुको लागि  दैनिक रुपमा आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण

कपन अनलाइन

काठमाडौँ,चैत्र १। गोकर्णेश्वर नगरपालिकाले  मेरुदण्ड पक्षघात भइ अपांगता भएका बिद्यार्थीहरुलाई लागि क्षमता विकास तालिम तथा  दैनिक रुपमा आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । गोकर्णेश्वर नगरपालिका   सामाजिक विकास समितिको आयोजनामा फागुन २५ गते आइतबार गोकर्णेश्वर नगरपालिका वडा नं ८ सरस्वती मार्गमा उक्त कार्यक्रम आयोजना गरेको हो।

 उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका सामाजिक विकास समितिका सदस्य एबम गोकर्णेश्वर नगरपालिका वडा नं ९ कि वडा सदस्य सत्यभामा श्रेष्ठ मेरुदण्ड पक्षघात समुहका ऋषिराम ढकाल,यज्ञडोलजगडोल सामुदायिक बनका अध्यक्ष सुदर्शन सिग्देल,नगरपालिकाका कर्मचारी  लगायतको उपस्थिति रहेको थियो कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर नगरपालिका सामाजिक विकास समितिका  संयोजक  एबम वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले गरेका थिए ।

उक्त संस्थामा हाल १६ जना मेरुदण्ड पक्षाघात भएका ब्यक्तिहरु बस्दै आएका छन। उनीहरुको क्षमता विकास तालिम तथा एक वर्ष सम्म  दैनिक रुपमा आवश्यक पर्ने स्वास्थ्य सामग्री नगर प्रमुख द्वारा संस्थाका ऋषिराम ढकाललाइ हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बोल्दै   गोकर्णेश्वर नगरपालिका सामाजिक विकास समितिका सदस्य एबम गोकर्णेश्वर नगरपालिका वडा नं ९ कि वडा सदस्य सत्यभामा श्रेष्ठले स्वावलम्बन जीवन पद्धति सिकाइ एवं आवास सञ्चालनलाई यस्ता सहयोगले हौसला मिल्ने भन्दै यस्ता सामाजिक गतिविधिकालागि नगरपालिका सदैब तयार रहेको जानकारी गराएका थिए ।नगरपालिकाले भौतिक विकास मात्र नभई सामाजिक बिकासका कार्यक्रम पनि गर्दै आएको बताएकी थिइन्।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले शारीरिक अस्वस्थताकाकारम  कोहि पनि  बिध्यालय जान बाट बन्चित हुन नपरोस भनेर सो कार्यक्रम आयोजना गरिएको बताए। उनले मेरुदण्ड पक्षघात भएका बिद्यार्थीहरुलाई बिद्यालयमा धेरै कठिन भएको मेरुदण्ड पक्षाघात भएर दिसा पिसाब भएको समेत थाह नपाउने हुँदा उनीहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको बताए। नगरपालिकाले उपलब्ध गराएको जग्गामा मेरुदण्ड पक्षघात समूह भवन समेत  निर्माण गर्न  लागिएको समेत  जानकारी गराएका थिए।

 उनले अपांगता भएको व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन हुनु पर्नेमा जोड दिदै नगरपालिकाले सकेको सकारात्मक सहयोग सदैब रहने बताएका थिए ।कार्यक्रममा यज्ञडोल जगडोल सामुदायिक बनका अध्यक्ष सुदर्शन सिग्देल लगायतले शुभकामना मन्तब्य राखेका थिए।सभाध्यक्षको आसन बाट बोल्दै गोकर्णेश्वर नगरपालिका सामाजिक विकास समितिका संयोजक एबम वडा नं ३ का वडा अध्यक्ष राजेन्द्रकुमार भण्डारीले उपस्थित सबैलाई धन्यबाद  ब्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्दता जनाएका थिए ।

तपाइँको प्रतिक्रिया ।